पञ्जाबले दियो हैदराबादलाई २४६ रनको विशाल लक्ष्य
शनिबार, चैत २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान श्रेयस अय्यरको आक्रामक ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई २४६ रनको विशाल लक्ष्य दिएको छ।
राजीव गान्धी इन्टरनेश्नल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पञ्जाबले ६ विकेट गुमाउँदै २४५ रनको योगफल तयार गरेको हो।
पञ्जाबका श्रेयसले सर्वाधिक ८२ रन बनाए। ३६ बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। प्रभसिमरन सिंहले २३ बलमा सात चौका र एक छक्कासहित ४२ रन बनाए।
प्रियांश आर्य ३६ र नेहल वधेरा २७ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३४ बलमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे।
हैदराबादका हर्षल पटेलले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए। इशान मलिंगाको नाममा दुई विकेट रह्यो।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)