मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

चेन्नईको लगातार चौथो हार

मंगलबार, चैत २५, २०८१खेलपाटी संवाददाता
चेन्नईको लगातार चौथो हार
Classic Tech Internet Ad

काठमाडौं। चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौथो हार बेहोरेको छ।

मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै चेन्नईले प्रतियोगिता सुरु गरेको थियो। तर, उक्त लयलाई कायम राख्न नसक्दा चेन्नई लगातार चार खेलमा पराजित हुन पुगेको हो।

रोयल्स च्यालेन्जर्स बैंग्लोर, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्ससँग पराजित भएको चेन्नई आफ्नो पाँचौं खेलमा मंगलबार पञ्जाब किङ्ससँग १८ रनको हार बेहोर्न बाध्य भयो।

योसँगै पञ्जाबले चार खेलबाट ६ अंक पुर्‍याएको छ। एक खेल बढी खेलेको चेन्नईको भने दुई अंक मात्रै छ। पञ्जाबले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।

चेन्नईका ओपनर डेभन कन्वेले सर्वाधिक ६९ रन बनाए। ४९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। उनी रिटायर्ड आउट भए।

शिवम दुबेले २७ बलमा तीन चौका र दुई छक्कासहित ४२ रन बनाए। उनी आउट भएसँगै क्रिजमा आएका महेन्द्रसिंह धोनीले २७ र ओपनर रचिन रवीन्द्रले ३६ रन बनाए। 

पञ्जाबलाई जित दिलाउन लोकी फर्गुसनले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। 

त्यसअघि महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मुल्लानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको पञ्जाबले ६ विकेट गुमाउँदै २१९ रनको योगफल तयार गरेको थियो। प्रियान्स आर्याले सर्वाधिक १०३ रन बनाए। ४२ बल खेलेका उनले सात चौका र नौ छक्का प्रहार गरे। 

शशांक सिंहले अविजित रहँदै ३६ बलमा दुई चौका र तीन छक्कासहित ५२ रन बनाए। मार्को जनसेनले अविजित ३४ रनको योगदान दिए।

चेन्नईका खालिल अहमद र रवीचन्द्रन अश्विनको नाममा समान दुई विकेट रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै