शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्युजिल्यान्ड तेस्रोपल्ट विश्वकपमा छनोट

सोमबार, ११ चैत्र २०८१खेलपाटी संवाददाता
न्युजिल्यान्ड तेस्रोपल्ट विश्वकपमा छनोट
Loading ad...
mustang rice ad

काठमाडौं। न्युजिल्यान्डले सोमबार न्युक्यालेडोनियालाई ३–० ले हराउँदै ओसियाना महासंघको विश्वकप छनोट शृंखला जितेको छ। योसँगै न्युजिल्यान्डले फिफा विश्वकप २०२६ मा पनि आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।

‘अल ह्वाइट्स’ भनिने न्युजिल्यान्डको टोली तेस्रोपल्ट विश्वकपमा पुगेको हो। यसअघि  न्युजिल्यान्डले सन् १९८२ मा स्पेन र २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा खेलेको थियो।

न्युजिल्यान्ड अब आयोजक राष्ट्रहरू क्यानडा, अमेरिका, मेक्सिको तथा जापानसँगै ४८ टोलीको विश्वकपमा सहभागिता जनाउने टोलीमध्ये एक बनेको छ। जापान गत हप्ता छनोट हुने पहिलो टोली बनेको थियो।

न्युक्यालेडोनियाको यात्रा अझै बाँकी

न्युक्यालेडोनियाले अझै पनि विश्वकपमा स्थान बनाउने अवसर कायम राखेको छ। न्युक्यालेडोनियाले अन्तर–महाद्वीपीय प्लेअफ खेल्नुपर्नेछ, जहाँ एसिया, अफ्रिका, उत्तर तथा मध्य अमेरिका र दक्षिण अमेरिकी महासंघका टोलीले सहभागिता जनाउने छन्।

न्युजिल्यान्डका कप्तान तथा नटिङ्घम फरेस्टका स्ट्राइकर क्रिस वुड खेलको ५३औं मिनेटमा चोटका कारण मैदान छोडेका। त्यतिबेला खेल गोलरहित बराबरीमा थियो। वुड न्युजिल्यान्डको आक्रमणको मुख्य केन्द्र हुन्। 

उनले सेमिफाइनलमा फिजीविरुद्ध ७–० को जितमा तीन गोल गरेका थिए। तर, वुड बाहिरिएपछि अप्रत्याशित रूपमा माइकल बक्सल न्युजिल्यान्डका नायक बने। ३६ वर्षीय डिफेन्डरले आफ्नो ५५ औं अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। ६२ औं मिनेटमा उनले फ्रान्सिस डे भ्रीसको कर्नरमा हेड गर्दै गोल गरेका हुन्।

वुडको स्थानमा आएका कोस्टा बर्बरूससले खेलको ६६ औं मिनेटमा टिम पेनेको पासमा गोल गर्दै न्युजिल्यान्डको अग्रता दोब्बर बनाए।

८०औं मिनेटमा डेनमार्कमा व्यवसायिक लिग खेलिरहेका इलिजाह जस्टले बर्बरूससको पासमा गोल गर्दै न्युजिल्यान्डको ३–० को जित पक्का गरे।

‘गोल गएको बेला म राहत महसुस गरिरहेको थिएँ,’ बक्सलले भने, ‘न्युक्यालेडोनियाले हामीलाई निकै गाह्रो बनायो। तर, अन्ततः हामी जित निकाल्न सफल भयौं।’

ओसियाना क्षेत्रमा न्युजिल्यान्डको वर्चस्व

ओसियाना महासंघ फिफाको सबैभन्दा सानो क्षेत्र हो, जसमा दक्षिण प्रशान्तका ११ राष्ट्र छन्। सन् २००६ पछि अस्ट्रेलिया एसियाली महासंघमा सरेपछि भएपछि न्युजिल्यान्ड ओसियानाको सबैभन्दा ठूलो तथा उच्च वरीयताको टोली बन्यो। 

अहिले न्युजिल्यान्ड फिफा वरीयतामा ८९ औं स्थानमा छन् भने न्युक्यालेडोनिया १५२औं स्थानमा छ। यसपटक ओसियाना क्षेत्रका विजेताले अन्तर–महाद्वीपीय प्लेअफ खेल्न नपर्ने सुविधा पाएका छन्। प्रतियोगिता ४८ टोलीमा विस्तार भएपछि ओसियानाका लागि यो नयाँ अवसर हो।

‘मेरो टोलीको प्रदर्शन निकै राम्रो रह्यो, तर दुर्भाग्यवश नतिजा हाम्रो पक्षमा रहेन,’ न्युक्यालेडोनियाका प्रशिक्षक योहान सिडानेले भने।

न्युक्यालेडोनियाका अधिकांश खेलाडीहरू शौकिया (अम्याच्योर) खेलाडी हुन्। उनीहरू घरेलु राजनीतिका कारण निकै चुनौतीपूर्ण अवस्थामा विश्वकप छनोट खेलेका थिए।

फ्रान्स–अधीनस्थ यो टापु राष्ट्रमा मतदान सुधारसम्बन्धी प्रस्तावको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा १३ जनाको मृत्यु भएको थियो। यसले विश्वकप छनोट यात्रा अवरुद्ध तुल्याएको थियो। तर, ती सबै कठिनाइका बाबजुद न्युक्यालेडोनियाले सशक्त प्रदर्शन गर्दै अन्तिम चरणसम्मको यात्रा तय गरेको हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता