शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जर्मनीको नयाँ इतिहास

सोमबार, ११ चैत्र २०८१खेलपाटी संवाददाता
जर्मनीको नयाँ इतिहास
Loading ad...
mustang rice ad

काठमाडौं। जर्मनीले नेसन्स लिगको दोस्रो हाफमा इटालीको सशक्त पुनरागमन सहेर आइतबार डर्टमन्डमा ३–३ को बराबरी खेल्यो। तर, समग्रमा ५–४ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

जोसुवा किमिचको उत्कृष्ट प्रदर्शनले पहिलो हाफमै जर्मनीलाई ३–० को सहज अग्रता दिलायो। उनले पेनाल्टीमार्फत एक गोल गरे भने जमाल मुसियाला र टिम क्लाइन्डिन्स्टलाई असिस्ट गरे।

तर, चोटग्रस्त इटालीले दोस्रो हाफमा पुनरागमन गर्दै मोइसे कीनको दुई गोलमार्फत घरेलु टोलीलाई दबाबमा राख्यो। ७३औं मिनेटमा इटालीलाई पेनाल्टी दिइएको थियो। तर, भिडियो असिस्टेन रेफ्री (भिएआर)को समीक्षा पछि निर्णय उल्टाइयो।

स्टपेज टाइममा जियाकोमो रास्पाडोरीले पेनाल्टीमार्फत गोल गरेपछि इटालीको आशा जगेको थियो। तर, अन्ततः जर्मनीले समग्रमा ५–४ को अग्रता कायम राख्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो।

‘हामीले खेलबाट महत्त्वपूर्ण पाठ सिकेका छौं। हामी उत्कृष्ट फुटबल खेल्न सक्छौं, तर त्यो निरन्तर देखाउनु आवश्यक छ,’ जर्मनीका प्रशिक्षक जुलियन नागेल्समनले भने। 

सेमिफाइनलमा पोर्चुगलसँग भिडन्त
यो जितसँगै जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो। अब जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्। यसबाहेक बाँकी नेसन्स लिग प्रतियोगिता जर्मनीकै मैदानमा हुनेछ, जहाँ सेमिफाइनल खेल स्टुटगार्ट र फाइनल म्युनिखमा हुने तय छ।

नागेल्समनको नेतृत्वमा जर्मनीले पुनरुत्थान गरिरहेको छ। पछिल्ला १७ खेलमा टोलीले मात्र एक खेलमा पराजय बेहोरेको थियो। त्यो पराजय युरो २०२४ को क्वार्टरफाइनलमा अन्ततः च्याम्पियन बनेको स्पेनविरुद्ध अतिरिक्त समयमा थियो।

इटालीको निराशाजनक नतिजा
इटालीका प्रशिक्षक लुसियानो स्पालेटीले आफ्नो टोली अझ परिपक्व बन्नुपर्ने बताए। ‘दोस्रो हाफमा हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो, तर पहिलो हाफमा हामी डराएका थियौं,’ उनले भने।

इटालीले पहिलो लेगमा मिलानमा १–० को अग्रता बनाएर पनि हार बेहोरेको थियो। यसपटक टोलीलाई जर्मनीलाई हराउनका लागि असम्भव जस्तै काम गर्नुपर्ने थियो।

इटालीका मुख्य खेलाडीहरू चोटका कारण बाहिर थिए। रिकार्डो कालाफियोरी, आन्द्रेआ क्याम्बियासो, माटेओ रेटेगी र फेडेरिको डिमार्को टोलीमा थिएनन्।

तर, खेल सुरु भएलगत्तै जर्मनीले आक्रामक खेल देखायो। एलेस्सान्द्रो बुओन्जियोर्नोले क्लाइन्डिन्स्टलाई फाउल गरेपछि १७औं मिनेटमा जर्मनीले पेनाल्टी पायो।किमिचले आफ्नो करियरकै चौथो पेनाल्टी लिएर सहजै गोल गरे।।

मुसियालाको चतुरता
२९औं मिनेटमा मुसियालाले दोस्रो गोल गरे। किमिचले कर्नरबाट छिट्टै बल खेल्दा इटालीका खेलाडीले ध्यान दिन सकेनन् र मुसियालाले नजिकबाट सहजै गोल गरे।

४५औं मिनेटमा क्लाइन्डिन्स्टको हेडर गोललाइन क्रस गरेपछि जर्मनी पहिलो हाफमै ३–० को अग्रतामा पुग्यो। दोस्रो हाफमा जर्मनीको खेलको तीव्रता घट्दा इटालीले पुनरागमनको प्रयास गर्‍यो।

४९औं मिनेटमा मोइसे कीनले पहिलो गोल गर्दै इटालीलाई खेलमा फर्काए। ६८औं मिनेटमा वैकल्पिक खेलाडी रास्पाडोरीले सुन्दर पास दिए, जसलाई कीनले जर्मनीका गोलकिपर ओलिभर बाउमानलाई छक्याउँदै गोलमा परिणत गरे। ७३ औं मिनेटमा इटालीले पेनाल्टी पायो। तर, भिएआरको समीक्षा पछि निर्णय उल्टाइयो।

स्टपेज टाइममा इटालीले अन्ततः पेनाल्टी पायो। यसपटक रास्पाडोरीले सहजै गोल गरे। तर, त्यो पर्याप्त भएन र जर्मनी समग्रमा ५–४ को अग्रता जोगाउँदै सेमिफाइनलमा प्रवेश गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता