काठमाडौं। श्रीलंकाले २२ वर्षपछि लाओसलाई पराजित गरेको छ।
भियनतियानस्थित लाओ नेसनल स्टेडियमा बिहीबार सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा श्रीलंका २–१ ले विजयी भएको हो।
श्रीलंकाले अन्तिपल्ट लाओसललाई ३ डिसेम्बर २००३ मा लाओसलाई ३–० ले हराएको थियो। त्यसयता भएको चार भेटमा लाओसले तीन जित र एक बराबरीको नतिजा निकालेको थियो।
खेलको १६औं मिनेटमै वेड डेकरले श्रीलंकालाई सुरुआती अग्रता दिलाएका थिए। ५५औं मिनेटमा अधवन राजमोहनले अर्को गोल थप्दै श्रीलंकालाई २–० मा पुर्याए।
निर्धारित खेल सकिन दुई मिनेट बाँकी रहँदा काइदावोन सौवान्नीले गोल गरे पनि लाओसलाई पर्याप्त बनेन।