बुमराहको फिटनेस अझै अनिश्चित

काठमाडौं। आइसिसी च्याम्पियन्स ट्रफी सुरु हुन धेरै समय बाँकी छैन। आइसिसीलाई अन्तिम टोली बुझाउने अन्तिम मिति नजिकिँदैछ।
तर, भारतीय क्रिकेट टोलीका स्टार तीव्र गतिका बलर जसप्रीत बुमराहको फिटनेसबारे अझै अनिश्चितता कायम छ।
भारतीय टोलीले बुमराहको उपलब्धताबारे अन्तिम निर्णय मंगलबार लिन सक्छ। हालै बेंगलुरुस्थित बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)मा बुमराहले चोटको स्क्यान गरिएका थिए।
बिसिसिआईको मेडिकल टोलीले कुनै पनि निर्णय लिनुअघि छनोटकर्ता र टोली व्यवस्थापनसँग छलफल गर्नेछ। बुमराहलाई गत महिना च्याम्पियन्स ट्रफीका लागि घोषणा गरिएको भारतको १५ सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरिएको थियो।
तर, उनी इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा खेल्न सकेनन्, जुन फेब्रुअरी १९ मा सुरु हुने च्याम्पियन्स ट्रफीअघि भारतको अन्तिम शृंखला हो।
बुमराह तेस्रो एकदिवसीय खेल खेल्न अहमदाबाद जाने अपेक्षा गरिएको थियो, तर उनी बेंगलुरु गए। जनवरीमा टोली घोषणा गर्दा प्रमुख छनोटकर्ता अजित आगरकरले बिसिसिआई मेडिकल स्टाफले दिएको जानकारी अनुसार बुमराह इङ्ग्ल्यान्डविरुद्धको पहिलो दुई खेल खेल्न नसक्ने बताएका थिए।
आगरकरले फेब्रुअरीको पहिलो हप्तामा स्क्यान हुनुभन्दा पाँच हप्ताअघि बुमराहलाई बलिङ नगर्न सल्लाह दिइएको खुलासा गरेका थिए। बुमराह सिड्नीमा अस्ट्रेलियाविरुद्धको पाँचौं टेस्टको क्रममा घाइते भएका थिए। त्यसबेलादेखि उनले कुनै पनि खेल खेल्न पाएका छैनन्।
उनलाई ढाडको केही समस्या भएको बुझिएको छ, जसलाई निको हुन पाँच हप्ता आराम आवश्यक छ। यदि बुमराह फिटनेसका कारण च्याम्पियन्स ट्रफीको लागि उपलब्ध नभएमा उनको स्थानमा हर्षित राणालाई टोलीमा समावेश गर्ने सम्भावना उच्च छ। हर्षितले इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा डेब्यू गरेका थिए। उनले सुरूआती दुवै खेल खेले।










-1768392748211.jpeg&w=3840&q=75)
-1768375783661.jpeg&w=3840&q=75)



-1768358228603.webp&w=3840&q=75)