काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारसँग बराबरीमा रवकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा यी दुई क्लबले २–२ को बराबरी खेलेका हुन्।
योसँगै मच्छिन्द्रले १२ खेलबाट १७ अंक पुर्याएको छ। खेलको नवौं मिनेटमै गोविन्द विकको गोलमार्फत मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो।
६९औं मिनेटमा राहुलकुमार योञ्जनले उक्त अग्रता दोब्बर बनाए। तर, मच्छिन्द्र खेलको अन्तिम ११ मिनेट सम्हालिन सकेन। ७९औं मिनेटमा विकाश थापा र ८३औं मिनेटमा सुवास मगरले गोल गर्दै खुमलटारलाई एक अंक दिलाए।