दीपेन्द्रले डिसिएबाट अर्जुन ट्रफी खेल्ने
शनिबार, माघ २६, २०८१खेलपाटी संवाददाता

काठमाडाैं। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन्।
धनगढीमा जारी प्रतियोगिताको सेमिफाइनल पुगेको डिसिए धनगढीले ऐरीलाई आफ्नो टिमबाट खेलाउने भएको हो। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोली डिसिए धनगढीले सिवाइसी अत्तरियासँग खेल्दैछ।
आइतबारको खेल रोमाञ्चक हुने भएको छ। डिसिएबाट दीपेन्द्र, ललित राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरू छन्। अत्तरियामा भीम सार्की, विवेक यादव, साहब आलम, रसिद खान लगायतका खेलाडी छन्। दुवै टोलीहरूको खेल प्रतिस्पर्धात्मक हुने भएको छ।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)



-1763450218248.jpg&w=3840&q=75)

