बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

१२ वर्षपछि नेयमारको सान्तोसमा प्रतीक्षित पुनरागमन

बिहिबार, २४ माघ २०८१खेलपाटी संवाददाता
१२ वर्षपछि नेयमारको सान्तोसमा प्रतीक्षित पुनरागमन
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राजिली फरवार्ड नेयमारले १२ वर्षपछि आफ्नो बाल्यकालीन क्लब सान्तोसमा प्रतीक्षित पुनरागमन गरेका छन्। बुधबार ब्राजिलियन पाउलिस्ता च्याम्पियनसिपमा भएको बोटाफोगोविरुद्धको खेलमा उनी मैदान उत्रिएका हुन्। उक्त खेल १–१ को बराबरीमा टुंगियो।

उर्बानो काल्देइरा स्टेडियममा हजारौं समर्थकहरूले मोबाइलको प्रकाश बाल्दै उनलाई स्वागत गरेका थिए। ३३औं जन्मदिन मनाउँदै गरेका नेयमार पहिलो हाफमा बेञ्चमै बसे र टिकिन्हो सोआरेसको पेनाल्टी गोलबाट सान्तोसले अग्रता लिएको अवस्थामा दोस्रो हाफमा मैदान प्रवेश गरे।

तर, १६ महिनापछि भएको पहिलो खेलमा नेयमार दबाबमा देखिए। उनले बार्सिलोनामा पाँच वर्षसम्म आफूलाई विश्वका उत्कृष्ट खेलाडी बनाएका थिए। तर, सोही स्तरको खेल पुनः देखाउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

६७औं मिनेटमा एलेक्जान्ड्रे डे जीससले बोटाफोगोका लागि बराबरी गोल गरे। त्यसको चार मिनेटपछि वालिसनले नेयमारमाथि फउल गर्दा रातो कार्ड पाए। तर, संख्यात्मक अग्रता लिएको सान्तोसले त्यसलाई अवसरमा बदल्न सकेन।

खेलपछि नेयमारले भावुक हुँदै भने, ‘जब तपाईले कुनै चीजलाई माया गर्नुहुन्छ, त्यो भावनालाई व्यक्त गर्न शब्द पाउनु हुँदैन। म सान्तोसलाई धेरै माया गर्छु र आज यो मैदानमा पाइला टेक्दा महसुस भएको भावनालाई वर्णन गर्न सक्दिनँ।’

नेयमारले खेल कठिन भएको बताउँदै थपे, ‘म मेरो बुबासँग कुरा गरिरहेको थिएँ। मैले भने, यो गाह्रो खेल हो। उनीहरू  कडा मार्किङ गर्दैछन्। बोटाफोगो डिफेन्समा बलियो टोली हो। उनीहरूले एउटा अवसर पाए र गोल गरे। मलाई अहिले धैर्य राखेर अभ्यास गर्न आवश्यक छ।’

नेयमारले गत अक्टोबरमा उरुग्वेविरुद्धको विश्वकप छनोट खेलमा बाँया घुँडाको एसिएलमा चोट बोकेका थिए। त्यसयता साउदी अरबको क्लब अल–हिलालमा सीमित सात खेल मात्र खेले। उनको सान्तोस फर्कने सम्झौताले करियरलाई पूर्ण चक्रमा ल्याएको छ। नेयमारले भने, ‘म फेरि त्यो गर्नेछु, जसलाई म धेरै माया गर्छु। अर्थात फुटबल खेल्ने।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त