• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बाँकेमा मेयर कप फुटबल माघ २६ देखि हुने
खेलपाटी संवाददाता
शनिबार, माघ ५, २०८१ खेलपाटी संवाददाता
बाँकेमा मेयर कप फुटबल माघ २६ देखि हुने

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ । 

बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।  

बाँके जिल्ला फुटबल संघको बैठकले माघको २६ गते देखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ । 

प्रतियोगितालाई सफल बनाउन संघको बैठकले विभिन्न उप–समितिको समेत निर्माण गरेको छ । संघले अनुशासन तथा अपिल उप–समितिको संयोजकमा अनिल केसी, प्राविधिक उप–समितिको संयोजकमा सानु तामाङ, आर्थिक उप–समितिको संयोजकमा श्याम सुन्दर मल्ल, स्वास्थ्य उप–समितिको संयोजकमा दिपेन्द्र घलेलाई जिम्मेवारी दिएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताबाट बाँके जिल्लाको पुरुष र महिला टिम छनोट गर्ने संघले तयारी गरेको छ । 

प्रतियोगिताबाट छानिएका खेलाडीलाई फागुन महिनामा नेपालगन्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्लाको टिमबाट सहभागि गराउने योजना रहेको अध्यक्ष शाहीले बताए । 

उनले भने, ‘मेयर कप फुटबल संघको महत्वपुर्ण प्रतियोगिता हो । हरेक वर्ष यसले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने गरेको छ । यस पटक यो प्रतियोगितालाई हामीले झन विशेष रुपमा लिएका छौं । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले नेपालगन्जमै हुने राष्ट्रिय स्तरको लुम्बिनी कप महिला फुटबलमा खेल्ने अवसर पाउनेछन् । प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिता खेल्ने अवसर दिनेछौं ।’

यसैगरी प्रतियोगितामा छानिएका उत्कृष्ट पुरुष खेलाडीले पनि जिल्ला बाहिरको टिमसँग मैत्रीपुर्ण खेल खेल्नको लागि अवसर प्राप्त गर्ने शाहीले बताए । 
संघको नेपालगञ्जमा बसेको बैठकले लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्लाको टिमलाई सहभागि गराउने समेत निर्णय गरेको छ । 

प्रतियोगिताको लागि टिमको तयारीलाई अगाडी बढाउने निर्णय भएको अध्यक्ष शाहीले बताउनु भयो । बाँके जिल्ला फुटबल टिमको तयारी तथा व्यवस्थापन संयोजकको जिम्मेवारी दिर्घराज आचार्य(कौशल), सदस्यको रुपमा नितु शाह चन्द र नागिन देवी श्रेष्ठलाई दिइएको छ । 

पछिल्लो समय बाँकेमा फुटबलको गतिविधि बढदै गएको बताउँदै शाहीले छिटै ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम, नेपालगन्ज गोल्ड कप फुटबल, संघको आफनै भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाइरहेको बताए ।

" विविध कारणले फुटबलका गतिविधि हामीले सोचे अनुसारको हुन सकेको थिएनन् । तर अहिले बाँकेमा महत्वपुर्ण प्रतियोगिता र कार्यक्रमहरु भैरहेको छन् । यसले फुटबलमा नयाँ आसा र उत्साह जगाएको छ । हामी फुटबलको विकासको लागि आम जनतासँग मिलेर काम गरिरहेको छौं । यस क्षेत्रको फुटबल विकासका लागि संघले दिर्घकालिन योजना बनाएर काम गर्नेछ ।’ उनले भने ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP