गुल्मी पालिका कपको उपाधि गुल्मी दरबारलाई

काठमाडौं। सम्राट थापाको अर्धशतकसँगै गुल्मी पालिका कपको उपाधि गुल्मी दरबारले जितेको छ।
बिहीबार सम्पन्न खेलमा रेसुङ्गा नगरपालिकालाई १७ रनले पराजित गर्दै दरबारले उपाधि चुमेको हो। उपाधिसँगै दरबारले ५० हजार रुपैयाँ पायो। उपविजेता रेसुङ्गाले २५ हजारमा चित्त बुझायो।
दरबारले दिएको १३४ रनको लक्ष्य पछ्याएको रेसुङ्गाले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो। टोलीका प्रमिश पुनले अविजित ४८ रन बनाए। तर, उनको त्यो इनिङ्सले जित दिलाउन भने सकेन।
यस्तै, त्रिदेव कार्कीले २० र गणेश थापाले १६ रनको योगदान दिए। रेसुङ्गालाई रोक्न दरबाका मन्दीप परियारले सर्वाधिक तीन विकेट लिए। यस्तै, सुमन क्षेत्री र राजीव खड्काको नाममा समान दुई/दुई विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको दरबारले अन्तिम तीन बल बाँकी छदै सबै विकेट गुमाएर १३३ रनको योगफल तयार पारेको थियो।
दरबारका सम्राटले सर्वाधिक ५६ रन बनाए। यस्तै, सुरज सरु ३० र विक्रम गौतम १७ रनमा आउट भए। रेसुङ्गाका सुसन्देश पुनले चार विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। प्रमिश र त्रिदेवले समान दुई/ दुई विकेट झारे।
सात दिनसम्म चलेको प्रतियोगितामा दरबार र रेसुङ्गासहित १८ टोलीको सहभागिता थियो।






-1774523438835.jpg&w=3840&q=75)



-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)