खो–खो विश्वकपमा नेपाली महिला टोलीको लगातार तेस्रो जित
काठमाडौं। नेपाली महिला टोलीले प्रथम खो–खो विश्वकपमा बुधबार लगातार तेस्रो जित हासिल गरेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ११०–१० ले सहजै हराएको हो। योसँगै नेपाल क्वार्टरफाइनलनजिक पुगेको छ।
समूह ‘सी’ नेपाल, भुटान र जर्मनीसँगै बंगलादेश र श्रीलंका छन्। शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट ६ अंक पुर्याएको छ। बंगलादेश र भुटान दुई अंकसहित नेपाललाई पछ्याइरहेको छ।
नेपालले यसअघि जर्मनीलाई ७३–३४ र भुटानलाई ९३–२४ ले सहजै पराजित गरेको थियो। नेपालले बिहीबार बंगलादेशसँग खेल्दै समूहचरणका खेल समाप्त गर्नेछ।
पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ समूह ‘सी’ मा नेपाल र श्रीलंकासँगै बंगलादेश, भुटान र जर्मनी छन्।
महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ। महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ।






copy-1761474438174.jpg&w=3840&q=75)





-1761484988698.png&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)