शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 

आइतबार, पुष २८, २०८१खेलपाटी संवाददाता
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
Classic Tech Internet Ad

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा आगामी चैत दोस्रो साता राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । 

आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ८ र ९ गते हुने जानकारी गराएको हो । 

दुई दिन सञ्चालन हुने प्रतियोगितामा क्लाइम्बिङको तीन विधा मध्य लिड र बोल्डर गरी दुई विधामा प्रतिस्पर्धा गराइने एसोसिएसनका अध्यक्ष रमेश पौडेलले जानकारी दिए । 

राष्ट्रिय स्तरको खुल्ला प्रतियोगिता भएको हुनाले राष्ट्रिय खेलाडी र १४ वर्षमाथि उमेर भएका ईच्छुक खेलाडीहरुले भाग लिन पाइने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तराष्ट्रिय महासंघ आईएफएसीको नियम र मापदण्ड अनुसार संचालन गरिनेछ । 

प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड हुने र त्यसबाट महिला र पुरुषमा ८-८ खेलाडी फाइनल राउण्ड छनोट गरिनेछ । फाइनल राउण्ड दोस्रो दिन हुने आयोजकले जनाएको छ । 

महिला तथा पुरुषको फाईनल राउण्डको प्रतिस्पर्धापछि उनीहरुले पाएको अंकको आधारमा विजेता उपविजेता र तेस्रो स्थानमा आउनेको घोषणा गरिनेछ । विजेताहरुलाई पुरस्कार स्वरुप नगद सहित मेडल, प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा करिब ६० खेलाडी सहभागी हुने अपेक्षा छ । प्रतियोगिताका प्रतिस्पर्धा ठमेल स्थित एस्ट्रेक र काठमाडौं स्पोर्ट्स क्लाईम्बिङ सेन्टर मध्य कुनै एक स्थानमा आयोजना गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिता संचालनको अवधिमा सुरक्षाको प्रत्याभुति हुने गरि भैपरि आउने शारीरिक समस्या, जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागि खेलाडीहरु तथा खेल प्राविधिक व्यक्तिहरुको न्यूनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ । 

प्रतियोगिताको मुल उद्देश्य क्लाईम्बिङ खेल र यसमा आवद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक व्यक्ति र अन्य पक्षहरुको मनोवल उच्च बनाउने र यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार प्रसार गरि राजश्वमा टेवा पुर्‍याउनु समेत रहेको आयोजकले जनाएको छ । 

एसोसिएसनका अध्यक्ष रमेश पौडेलले लामो समय देखि क्लाईम्बिङको राष्ट्रिय प्रतियोगिता नभएकोले आयोजना गर्न लागिएको बताए । 

'यस पटक जसरी पनि प्रतियोगिता आयोजना गर्ने तयारीमा छौँ । राष्ट्रिय प्रतियोगितामार्फत सम्भावना भएका खेलाडीहरुलाई खोज्ने प्रयास हुनेछ ।' उनले भने । 

पौडेलले क्लाईम्बिङ स्पोर्ट्समा तीन विधामा हुने र त्यसमा राम्रो गर्न सक्ने खेलाडी ओलम्पिकसम्म पुग्न सक्ने बताए । 'हामीले राम्रोसँग तयारी गर्न सके ओलम्पिकसम्म पुग्न सक्छौँ । नेपालका लागि सुहाउँदो खेल भएकोले यसलाई राम्रोसँग अघि बढाउन सक्यौँ भने धेरै सम्भावना छ ।' उनले भने । 

प्रतियोगिता सञ्चालनका लागि लाक्पा शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाईएको अध्यक्ष पौडेलले जानकारी दिए । प्रतियोगिताको लागि करिब २५ लाख बजेट लाग्ने त्यसका लागि राष्ट्रिय खेलकुद परिषद र विभिन्न प्रायोजकहरुसँग कुरा भईरहेको संघका अध्यक्ष पौडेलले जानकारी दिए ।

Bajaj Pulsar Motorcycle Ad
स्पोर्ट्स क्लाईम्बिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

Bajaj Pulsar Motorcycle Ad
मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी