काठमाडौं। पियरे एमेरिक औबामेयाङको गोलसँगै क्रिस्टियानो रोनाल्डोको साउदी प्रो–लिग जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ।
अल–अवल पार्कमा शुक्रबार राति भएको खेलमा अल–कादसियाले अल–नासरलाई २–१ ले पराजित गरेको हो। खेलको ३२औं मिनेटमै कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै नासरले अग्रता लिएको थियो।
तर, उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन। जुलियन क्विनोनेसले गोल गर्दै खेल बराबरीमा ल्याए। ५०औं मिनेटमा आर्सनल, चेल्सी र बार्सिलोनाका पूर्वफरवार्ड औबामेयाङले महत्त्वपूर्ण गोल गर्दै रियाद जाइन्टसँग समान २२ अंक पुर्याए।
शीर्ष दुईमा दबाब कायम राख्ने लक्ष्य साथ मैदान उत्रिएको नासरलाई यस बराबरीसँगै ठूलो धक्का लागेको छ। ११ खेलको समाप्तिमा नासरले २२ अंक जोडेको छ।
तर, शीर्ष स्थानको अल–हिलालको २८ र दोस्रो स्थानको अल–इत्तिहादको २७ अंक पुगिसकेको छ। यी दुई क्लबले नासरभन्दा एक खेल कम खेलेका छन्। शनिबार अल–खलीजलाई पराजित गरेमा हिलाल स्थानीय प्रतिद्वन्द्वीभन्दा नौ अंकले अगाडि हुनेछन्।