रीस जेम्सले लेस्टरविरुद्धको खेल गुमाउने

काठमाडौं। चेल्सीका डिफेन्डर रीस जेम्सले ह्यामस्ट्रिङको समस्याका कारण इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार लेस्टरविरुद्धको खेल गुमाउने भएका छन्।
चेल्सीका प्रशिक्षक एन्जो मारेस्काका अनुसार उनी दुई वर्षदेखि चोटका कारण समस्यामा थिए।
‘हामीसँग एक जना मात्र घाइते खेलाडी छन् र त्यो हो रीस। दुर्भाग्यवश, उनले केहि सानो महसुस गरे र हामी सप्ताहन्तमा उनीसँग जोखिम लिन चाहँदैनौं,’ उनले बिहीबार भने।
जेम्सले घुँडाको चोटका कारण इङ्ल्यान्डबाट सन् २०२२ को विश्वकप खेल्न पाएका थिएनन् र गत वर्ष ह्यामस्ट्रिङको समस्याका कारण उनको शल्यक्रिया गरिएको थियो।
उनी डिसेम्बर २०२२ देखि चेल्सीका लागि केवल १८ खेलमा सीमित भएका छन्। चेल्सीका कप्तानले यो सिजन तीन पटक मात्र सुरुआत गरेका छन्।
मारेस्काले ग्रीस र आयरल्यान्डविरुद्धको युइएफए नेसन्स लिग खेलबाट नाम फिर्ता लिएका कोल पामर र लेभी कोलविलसहित अन्तर्राष्ट्रिय ब्रेकको समयमा नखेल्ने खेलाडीको मूल्यांकन गरिरहेका छन्।





-1778235936203.webp&w=3840&q=75)





-1778148743099.webp&w=3840&q=75)
