चर्च ब्वाइजसँग मनाङले बाँड्यो अंक
सोमबार, ०३ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडसँग मनाङ गोलरहित बराबरीमा रोकिएको हो।
यो नतिजासँगै मनाङले १० खेलबाट १९ अंक जोडेको छ। छैटौं स्थानमा उक्लिएको चर्च ब्वाइजको समान खेलबाट १४ अंक छ।





-1778235936203.webp&w=3840&q=75)






-1778148743099.webp&w=3840&q=75)