• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोहितको त्यो पेनाल्टी ‘मिस’, यो करियरको पहिलो गोल
खेलपाटी संवाददाता
आइतबार, मंसिर २, २०८१ खेलपाटी संवाददाता
रोहितको त्यो पेनाल्टी ‘मिस’, यो करियरको पहिलो गोल

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले विपक्षी खेलाडीलाई कति रोके त्यो सायद समर्थकलाई याद नहुन सक्छ। तर, यस्तो एक गल्ती छ, जसलाई समर्थक मात्रै होइन उनी आफैं पनि कहिल्यै भुल्न सक्दैनन्। त्यो गल्ती हो, आठौं साफ च्याम्पियनसिपअन्तर्गत अफगानिस्तानविरुद्धको पेनाल्टी ‘मिस’।

रोहित अझैं सम्झिँन्छ। नसम्झिउनु पनि कसरी? उनको त्यही गल्तीका कारण नेपालको सपना छिणभरमै बलिन भयो। त्यसैले भन्छन्, ‘त्यो ब्याड डे अफ माइ लाइफ भन्छु।’ सन् २०१३ सेप्टेम्बर ८ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा यी दुई टोली भिड्दै थिए। घरेलु टोली नेपाल समूहचरणमा बंगलादेश र भारतलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो। यता, अफगानिस्तानले भुटान र श्रीलंकालाई पराजित गर्दै नेपालसँगको भेट पक्का गर्‍यो। 

२० वर्षदेखि साफ खेल्दै आए पनि नेपालले फाइनलसम्मको यात्रा कहिले तय गरेको थिएन। त्यसैले करिब १८ हजार दर्शकले भरिएको रंगशालामा त्यो ऐतिहासिक क्षण बनाउने मौका नेपालसँग थियो। तर, ११औं मिनेटमै किरणकुमार चेम्जोङले फ्रिकिकमार्फत आएको बललाई समात्न नसक्दा अफगानिस्तानले सुरुआती अग्रता लियो।

नेपालले खेलमा फर्किने धेरै अवसर बुन्यो। त्यसमध्ये ८७औं मिनेटमा पाएको अवसर भने सायद सबैभन्दा सजिलो थियो। सन्दीप राईले फ्रिककमार्फत दिएको लामो बललाई बचाउने क्रममा अफगानी गोलकिपर मन्सुर फगिरयारले विमल घर्तीमगरलाई किक प्रहार गरे पछि रेफ्रीले नेपाललाई पेनाल्टी दिए। 

पेनाल्टीमा सबैभन्दा राम्रो प्रहार राजु तामाङको हुन्थ्यो। त्यसपछि रोहितको। राजु मैदानबाट बाहिरिइसकेकाले रोहित पेनाल्टी प्रहार गर्न तम्सिए। तर, दुर्भाग्य उनले दुईपल्टै दायाँ साइडमा प्रहार गरेको बल जर्मन क्लबबाट खेल्ने मन्सुरले रोकिदिए।

पहिलो प्रहारमा मन्सुरले बल बाहिर फाले। तर, रोहितले बल प्रहार गर्नुअघि नै अफगान खेलाडी पेनाल्टी क्षेत्रमा प्रवेश गरेको भन्दै सहायक रेफ्री फेरि प्रहारको मौका दिए। तर, रोहितको दोस्रो प्रहार मन्सुरले ‘डाइभ’ गर्दै रोके। त्यो अवसरमा चुकेसँगै नेपाल अन्तिम चारबाट बाहिरियो।

पेनाल्टीमा हान्नेमा रोहित ‘कन्फिडेन्ट’ देखिएका थिए। तर, पहिलो प्रहार रोकेपछि घरेलु दर्शकअघि आफू दबाबमा परेको उनले सुनाए। दोस्रोपल्ट हानेको बल पनि किपरले रोकेपछि टोली र दर्शकको सपना तुहियो। अफगानिस्तानले भने भारतलाई हराएर ऐतिहासिक उपाधि जित्यो। रोहित अहिले त्यो कुरालाई सम्झाए झसक्क झस्किन्छन्। भन्छन्, ‘त्यसलाई सधैं सम्झिरहन्न। त्यहीबाट धेरै कुरा सिकेर अगाडि बढिरहेको छु।’

यो गोल
साफको अर्को संस्करणमा पनि अफगानिस्तानले फाइनलमा स्थान बनायो। तर, उक्त प्रतियोगितामा भने नेपालसँग उसको भेट भएन। तिरुवनन्तपुरममा भएको फाइनलको अतिरिक्त समयमा भारतसँग २–१ ले पराजित भएपछि अफगानिस्तानले साफबाट आफ्नो सदस्यता मध्य एसियाली फुटबल संघ (काफा) सार्‍यो। त्यसपछि त झन् नेपाल र अफगानिस्तानको भेट दुर्लभ नै बनेको थियो।

तर, ताजिकिस्तानले आफ्नै घरेलु मैदानमा मिलाइएको मैत्रीपूर्ण खेलमा भने रोहितले ११ वर्षअघिको त्यो घाउको मलम लगाउने अवसर प्राप्त गरे। त्यो पनि राष्ट्रिय जर्सीमा करियरकै पहिलो गोल गर्दै। शनिबार डुसान्बेस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा रोहितले ७८औं मिनेटमा गोल गरेका हुन्। त्यो गोलसँगै नेपालले २–० को सहज जित हात पार्‍यो। हुन त अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेलबीच धेरै फरक हुन्छ। रोहितलाई पनि यस्तै लागेको छ। तर, ११ वर्षअघि आफूले खेलेको र अहिलेको टोलीमा धेरै फरक भएको उनी बताउँछन्।

‘यो टिमसँग मेरो अलिकति हिस्ट्री पनि छ। यही टोलीसँग करियरको पहिलो गोल पनि गरें, त्यसैले खुसी छु। तर, अफगानी टोलीमा धेरै चेन्ज छ। पुरानो टोलीबाट २/३ जना मात्रै छन्, सबै नयाँ खेलाडी हुन्। तर, हामीभन्दा अफगान राम्रो टोली हो,’ उनी भन्छन्।

नेपाललाई गत बुधबार ४–० ले पराजित गरेको ताजिकिस्तानले मंगलबार घरेलु टोलीसँग खेल्दै यो ‘विन्डो’ समाप्त गर्नेछ। रोहित अफगानी टोलीसँग गरेको गोलमा रम्नुभन्दा पनि ताजिकिस्तानसँग गुमाएको खेललाई सम्झिएर बढी दुखिद् छ। करिब दुई हप्ताको मात्रै तयारी गरेर डुसान्बे पुगेको हुँदा राम्रो प्रदर्शन गर्न नसकेको उनको भनाइ छ। त्यसैले भविष्यमा यति बलिया टोलीविरुद्ध हुने खेलमा पर्याप्त तयारी गरेर मात्रै उत्रिनु पर्ने उनी बताउँछन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP