• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालले ११ वर्षपछि अफगानिस्तानको सामना गर्दै
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ३०, २०८१ खेलपाटी संवाददाता
नेपालले ११ वर्षपछि अफगानिस्तानको सामना गर्दै

डुसान्बे। एक समय नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अफगानिस्तानलाई सजिलै पराजित गरिहाल्छ भन्ने यस्तो पनि थियो। बिस्तारै परिस्थिति फेरियो। नेपालले साफ च्याम्पियनसिप २०१३ आयोजना गरिदा अफगानिस्तान च्याम्पियन नै भयो। उसले नेपाललाई सेमिफाइनलमा पन्छाएको थियो।

दशरथ रंगशाला, काठमाडौंमा प्रतिस्पर्धा गरेयता नेपाल र अफगानिस्तान पहिलोपल्ट शनिबार खेल्दै छन्। यी दुईको ११ वर्षपछिको भेट सेन्ट्रल स्टेडियम, डुसान्बेमा हुँदै छ। या मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई अलि बलियो मानिएको छ। किनभने उसले विश्वकप/एसियन कप छनोटमा एसियन च्याम्पियन कतारसँग बराबरी खेलेको थियो भने साफ च्याम्पियन भारतलाई पराजित गरेको थियो।

तैपनि खेलाडी उत्पादनको अभाव, विदेश पलायन र नियमित प्रतियोगिताको अभावमा गुज्रिएको नेपाली फुटबलले अफगानिस्तानलाई चुनौती दिने अपेक्षा गरिएको छ। यी दुवै टिम एसियन कप २०२७ छनोटको तेस्रो चरण खेल्ने तयारीमा डुसान्बे आएका हुन्, जुन छनोट मार्च, २०२५ मा सुरु हुनेछ।

‘अफगानिस्तान राम्रो टिम हो। उसले दशकयता धेरै प्रगति गरेको छ,’ मुख्य प्रशिक्षक नवीन न्यौपानेले फिफा वरीयतामा २५ स्थानमाथिको प्रतिस्पर्धीबारे भने, ‘पहिला हामीले पराजित गरिरहेको टिम हो अफगानिस्तान। अहिले त्यस्तो छैन। अफगानी टिम फेरिएको छ। तैपनि हामी जित्ने लक्ष्यसाथ खेल्नेछौं। डिफेन्स संगठित भएर खेल्दै अगाडि बढ्दै पाएका अवसरलाई उपयोग गर्न सके हामी खेल जित्नसक्छौं।’

उज्बेकिस्तान प्रशिक्षक उस्मोन तोसेभले सम्हालेको अफगान टिममा युरोपेली क्लबमा आबद्ध खेलाडीको वर्चस्व रहेको छ। यस्तोमा अफगानिस्तान पनि सिनियर र जुनियरको मिश्रित टिम रहेको छ। उसले साफ च्याम्पियनसिपमा लगातार तीनपल्ट फाइनल खेल्दै एकपल्ट च्याम्पियन भएपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) बाट आफ्नो सदस्यता मध्य एसियाली फुटबल संघ (काफा) सारेको थियो।

अनुभवी तीन खेलाडी
११ वर्षअघि साफको सेमिफाइनलमा १–० ले हारेको नेपाली टिमका तीन खेलाडीको साथ अहिले पनि छ। गोलकिपर किरण चेम्जोङले कप्तानको पनि जिम्मेवारीमा छन्। त्यो बेला पेनाल्टीमा चुकेका रोहित चन्द अहिले रक्षापंक्तिका मुख्य खेलाडी हुन्। विंगर भरत खवासको अनुभवले नेपाली टिमलाई फाइदा पुग्न सक्छ। अरू खेलाडीका लागि अफगानिस्तान नयाँ प्रतिस्पर्धी हुनेछ।

नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरतको गोलमा हात पारेको थियो। एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११) को जित निकालेको थियो। त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ।

साफका ती दुवै सेमिफाइनल (नयाँ दिल्ली २०११ र काठमाडौं २०१३) को भेटमा अफगानिस्तानले बाजी मारेको छ। उसले पहिलो सेमिफाइनल अतिरिक्त समय र दोस्रो सेमिफाइनल नियमित समयमै जितेको थियो।

छोटो तयारी र नियमित खेलबिना पनि नेपाली टिम खेल्न यहाँ (डुसान्बे) आइपुगेको हो। र, नेपाली सिनियर टिम पाँच महिनापछि अन्तर्राष्ट्रिय खेलमा फर्किएको अवसर पनि यही हो।

नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो। अफगानिस्तानले नेपालविरुद्ध प्रतिस्पर्धा गरेपछि मंगलबार ताजिकिस्तानसँग खेल्ने छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP