रियलकाे जितमा भिनिसियसकाे ह्याट्रिक
शनिबार, २४ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। भिनिसियस जुनियरको ह्याट्रिकसँगै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित हात पारेको छ।
घरेलु मैदानमा शनिबार भएको खेलमा रियल ४–० ले विजयी भएको हो। लिगमा रियलको यो आठौं जित हो। योसँगै रियलले १२ खेलबाट २७ अंक पु¥याएको छ। तर, रियल अझै शीर्ष स्थानको बार्सिलोनाभन्दा ६ अंकले पछि छ।
अोसासुनाको भने यो चौथो हार हो। एक खेल बढी खेलेको ओसासुना २१ अंकसहित पाँचौं स्थानमा छ। रियललाई खेलको ३४औं मिनेटमा जुनियरले सुरुआती अग्रता दिलाएका थिए। उनले जुड बेलिङ्गमको क्रसमा गोल गरे। त्यसको आठ मिनेटपछि उनले नै गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफमा जुनियरले दुई गोलसँगै ह्याट्रिक पूरा गरे।





-1778235936203.webp&w=3840&q=75)






-1778148743099.webp&w=3840&q=75)