• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफका दुई सर्वोत्कृष्ट खेलाडीलाई युरोपेली क्लबको प्रस्ताव
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २२, २०८१ खेलपाटी संवाददाता
साफका दुई सर्वोत्कृष्ट खेलाडीलाई युरोपेली क्लबको प्रस्ताव

काठमाडौं। साफ महिला च्याम्पियनसिपका पछिल्ला दुई संस्करणका सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका बंगलादेशका कप्तान सविना खातुन र स्ट्राइकर ऋतुपोर्ना चक्माले युरोपेली फुटबल लिग खेल्ने अवसर पाएका छन्।

साफ च्याम्पियन टिमका यी दुई खेलाडीलाई नर्थ मेसेडोनियन महिला लिगको शीर्ष श्रेणीको क्लब जेडएफके ब्रेरा टिभेरिजाले अनुबन्ध गर्ने प्रस्ताव गरेको बंगलादेश फुटबल महासंघ (बिएफएफ) विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। प्रस्ताव आएको उल्लेख गर्दै कप्तान सविनाले त्यसमा अन्तिम निर्णय नलिइसकेको तथा भिसा प्रक्रिया पनि जटिल रहेको बताएकी छन्।

यो सिजनको मेसेडोनियन महिला लिगमा नौ टिम सहभागी छन्, जसमा ब्रेरा टिभेरिजा १० खेलसम्म अपराजित यात्रा गर्दै शीर्षस्थानमा रहेको छ। उसले घरेलु लिगको उपाधि जित्न सके अर्को सिजनको युएईएफए वुमेन्स च्याम्पियन्स लिग खेल्ने अवसर पाउनेछ।

गत सिजनको लिगमा तेस्रोमा रहेको ब्रेरा टिभेरिजा नयाँ लगानीकर्ताको आगमनसँगै बलियो भएको हो। मेसेडोनियन लिगमा नोभेम्बर २१ पछि जनवरी १५, २०२५ सम्म ‘विन्टर ब्रेक’ हुनेछ। विन्टर ब्रेकपछि लिगका खेलहरू मार्चदेखि मे सम्म सञ्चालन गरिनेछ र ब्रेरा टिभेरिजाले यसैका लागि सविना र ऋतुलाई बोलाएको हो। सबै प्रक्रिया पूरा गर्दै मेसेडोनिया पुगेमा उनीहरू युरोपेली लिग खेल्ने बंगलादेशका पहिला फुटबलर हुनेछन्।

नर्थ मेसेडोनिया युरोपेली महिला फुटबलको शक्ति भने होइन। फिफा महिला वरीयतामा १३१ औं स्थानमा रहेको छ नर्थ मेसेडोनिया। साफ च्याम्पियन बंगलादेश १३९ औं स्थानमा छ भने पहिलो उपाधिको खोजीमा रहेको नेपाल ९९ औं स्थानमा।

साफको प्रदर्शनले खोलेको बाटो
नर्थ मेसोडोनियन प्रशिक्षक जुगोस्लाभ ट्रेन्चोभ्स्की गत सिजन बंगलादेश प्रिमियर लिग क्लब शेख रसेल क्रिरा चक्र सम्हालेर स्वदेश फर्किएका थिए। तर, उनले बंगलादेशी फुटबल चटक्कै बिर्सिएनन्। उनकै पहलमा सविना र ऋतुलाई युरोपेली लिग क्लबले अनुबन्धको प्रस्ताव गरेको बताइएको छ। यी दुईलाई आएको प्रस्तावको मुख्य आधार साफ २०२४ को प्रदर्शन मानिएको छ।

नर्थ मेसेडोनियाबाट सुरुमा चार खेलाडीको कुरा गरेपनि सविना र ऋतुलाई मात्र अनुबन्धको प्रस्ताव गरेको बताइएको छ। २१ वर्षीया ‘भर्सटाइल अट्याकर’ ऋतुले ८१ औं मिनेटमा निर्णायक गोल गरेपछि १४ कार्तिकमा दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टिम नेपाललाई २–१ ले हराएर साफ च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो।

तीव्र गतिको दौडाई, आकर्षक क्रस र पास, आफै गोल गर्न सक्ने खुबी तथा विपक्षी डिफेन्सलाई सजिलै जिल्लाउने ड्रिब्लिङ प्रस्तुत गरेकी ऋतु प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। उनले साफको पछिल्ला दुई संस्करणमा २–२ गोल गरेकी छन्। उनी छैटौं साफ फाइनलको दोस्रो हाफमा नेपालविरुद्ध खेलेकी थिइन्।

दशरथ रंगशालामै दुई वर्षअघि भएको साफको फाइनलमा नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशी महिला टिम पहिलोपल्ट दक्षिण एसियाली च्याम्पियन भएको थियो। बंगलादेशी टिमकी कप्तान सविनाले उक्त प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड हात पारेकी थिइन्। उनले यसपालि २ गोल गरिन्।

पहिलो साफ (सन् २०१०) देखि निरन्तर अग्रपंक्तिको नेतृत्व गर्दै आएकी ३१ वर्षीया सविना बंगलादेशको लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन्। उनीसँगै ऋतुले यो सिजनको एएफपसी वुमेन्स च्याम्पियन्स लिग भुटानको रोयल थिम्पु कलेज एफसीबाट खेलेका थिए। सविनाले भारत र माल्दिभ्सको लिग पनि खेलेकी छन्।

साम्बाको युरोप यात्रा र एन्जिलाको निर्णय
युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबलर हुन् सावित्रा भण्डारी। साम्बा नामले चर्चित उनी जुन, २०२३ मा इजरायलको हपोएल र’नानामा अनुबन्धित भएकी थिइन्। तर, इजरायल–गाजा युद्ध सुरु भएपछि उनको बसाइ लामो भएन, अक्टोबर २०२३ मा स्वदेश फकिइन्।

इजरायल पनि युइएफए (युरोपियन फुटबल युनियन) को सदस्य हो। साम्बाले इजरायलबाट फर्केर स्वदेशमा धेरै बस्नुपरेन। नेपालका सर्वाधिक ५५ गोल गरेकी उनी फेब्रुअरी, २०२४ मा फ्रान्सेली महिला फुटबलको शीर्ष डिभिजन क्लब अभान्ट ग्वेन्ग्याम्पमा आबद्ध भइन्। त्यसयता उनी फ्रान्सेली क्लबबाट नियमित खेलिरहेकी छन्।

युरोपेली लिगको अनुभवसँगै २७ वर्षीया साम्बाको खेलको पनि स्तरवृद्धि प्रस्टै देखिएको छ। तर, यो साफमा पनि नेपालको उपाधिको खडेरी तोड्ने उनको प्रयास सफल भएन। उनको टिम १२ क्लब सहभागी लिगमा छैटौं चरणका खेल सकिँदा ११ औं स्थानमा रहेको छ।

सातौं साफअघि भाद्रमा नेपाली टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन लिग क्लब नीस एत्रोमितोउले अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो। उनले हस्ताक्षर पनि गरिन्। तर, भिसा प्रक्रियामा ढिलाइ भएपछि उनले साफ २०२४ को तयारीमा नेपाली टिममै रहने निर्णय गरेकी थिइन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP