बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

चर्च ब्वाइजले सिक्किमको गभर्नर्स गोल्डकप खेल्ने

शनिबार, कार्तिक १७, २०८१खेलपाटी संवाददाता
चर्च ब्वाइजले सिक्किमको गभर्नर्स गोल्डकप खेल्ने
Classic Tech Internet Ad

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ४० औं गभर्ननर्स गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ।

चर्च ब्वाइज गत साउनमा दशरथ रंगशालामा भुटानी लिग च्याम्पियन पारो एफसीविरुद्ध २–१ ले हारेपछि एएफसी च्यालेन्ज लिगको समूह चरणमा स्थान बनाउन असफल भएको थियो। र, यो क्लब त्यसयता पहिलोपल्ट प्रतियोगितामा फर्किन लागेको हो।

रंगशाला मर्मतसंभार, कोभिड १९ महामारीलगायतको कारण गर्भनर्स गोल्डकप सन् २०१९ यता पहिलोपल्ट सञ्चालन गर्न लागिएको आयोजक सिक्किम फुटबल संघ (एसएफए) ले जनाएको छ। नोभेम्बर ८ देखि २१ सम्म पाल्जोर स्टेडियम, गान्तोकमा हुने ४० औं संस्करणमा इन्डियन सुपर लिग (आईएसएल), आई लिग, कोलकाता लिगसहितका १६ टिमले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन्।

अल इन्डिया फुटबल एसोसिएसन –एआईएफएफ) को मान्यता प्राप्त प्रतियोगिताको लागि नेपालका चर्च ब्वाइज र भुटानको ट्रन्सपोर्ट युनाइटेडको सहभागिता पक्का भइसकेको उल्लेख गर्दै आयोजक एसएफएले दुबई र मलेसियन क्लबको सहभागिता भिसा प्रक्रियामा निर्भर रहेको जनाएको छ। बिदेशी टिमले सीधै क्वर्टरफाइनल खेल्ने पनि बताइएको छ।

३९ औं संस्करणको विजेता मोहम्मडन स्पोर्टिङको अनुपस्थितिमा गोल्डकपमा नर्थइस्ट युनाइटेड, चेन्नाई एफसी, गोकुलम केरला, दिल्लीको सुदेभा एफसी, कोलकाताको डायमन्ड हार्बर एफसी, आर्मी रातो, पञ्जाव पुलिस, कालिघाट मिलन समिति र मिजोरमको खावजल भेटघाट एफसीले प्रतिस्पर्धा गर्दै छन्।

घरेलु टिमका रूपमा सिक्किमको ए डिभिजन लिगका शीर्ष दुई टिम सिक्किम पुलिस र गान्तोक हिमालयन एससी खेल्दै छन्। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) को टिमले दार्जिलिङको प्रतिनिधित्व गर्नेछ।

पछिल्लोपल्ट गर्भनर्स गोल्डकपको उपाधि जित्ने नेपाली टिम मनाङ मर्स्याङ्दी हो। उसले सन् २०१८ मा भएको ३८औं संस्करणको फाइनलमा आर्मी रातोलाई १–० ले हराएको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो