नीराजनसहित चार नयाँ खेलाडी राष्ट्रिय टोलीमा

काठमाडौं। फरवार्ड नीराजन धामीसहित चार नयाँ खेलाडीलाई समेट्दै मुख्य अन्तरिम प्रशिक्षक नवीन न्यौपानले मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरेका छन्।
ताजकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेल नोभेम्बर १३ देखि १९ सम्म दुशान्बे सेन्ट्रल स्टेडियममा हुनेछ। जसका लागि न्यौपानले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्।
नेपाललाई साफ यु–२० च्याम्पियनसिपमा फाइनल पुर्याउन तीन गोल गरेका फरवार्ड नीराजनले पहिलोपल्ट सिनियर टोलीमा स्थान बनाएका छन्। उनले समूहचरणमा श्रीलंका र बंगलादेशविरुद्ध समान एक गोल गरेका थिए।
यस्तै, नेपाललाई फाइनल पुर्याउन भुटानविरुद्ध निर्णायक गोल पनि गरेका थिए। उनीबाहेक उक्त टोलीबाट डिफेन्डर एञ्जल महर्जन र अविशेक वाइबाले पनि २३ सदस्सीय टोलीमा स्थान बनाएका छन्।
यस्तै, नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीबाट खेलेका लेफ्ट ब्याक रनदीप पौडेल पनि अन्तिम टोलीमा समेटिएका छन्। उनले मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेल्दै आएका छन्।









%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)
