• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ फाइनल जिताउन सक्ने स्टार खेलाडी सावित्रा
खेलपाटी संवाददाता
बुधबार, कात्तिक १४, २०८१ खेलपाटी संवाददाता
साफ फाइनल जिताउन सक्ने स्टार खेलाडी सावित्रा

काठमाडौं। भारतीय टोलीका मुख्य प्रशिक्षक सन्तोष कश्यपले बारम्बार भनेका छन्, ‘यदि नेपाली टोलीबाट कसैले विपक्षीलाई खतरामा पार्न सक्छ भने उनी सावित्री भण्डारी (साम्बा) हुन्। उनी जस्तोसुकै अवस्थामा पनि गोल गर्न सक्छिन्, त्यसैले सतर्कता अपनाउन जरुरी छ।’ 

सावित्रा दक्षिण एसियाबाहिर फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन् र उनलाई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर मानिन्छ। नेपाली लिगमा उनले कति गोल गरिन्, ठ्याक्कै त्यसको टिपोर्ट गरिएको छैन। तर, अन्तर्राष्ट्रिय खेलमा भने उनले ५५ गोल गरिसकेकी छन्। जसमा महिला साफ च्याम्पियनसिपमा मात्रै २१ गोल समावेश छ।

सन् २०१४ मा पाकिस्तानको इस्लामावादमा भएको तेस्रो साफबाट उनले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्। भुटानविरुद्धको पहिलो खेलमै गोल गर्दै उनले टोलीमा आफ्नो स्थान पक्का गरिन्। यद्यपि, तीन पटक साफ खेलेकी उनले दुईपल्ट नेपाललाई फाइनलसम्म पुर्‍याइसक्दा पनि उपाधि भने चुम्न सकेकी छैनन्।

सन् २०१० मा सुरु भएको साफबाट नै नेपालले दबदबा जमाउँदै आएको हो। तर, पछिल्ला ६ संस्करणमध्ये पाँचपल्ट फाइनल पुग्दा पनि भारत र बंगलादेशविरुद्धको चुनौती भने नेपालले अझै चिर्न सकेको छैन। सन् २०१६ को प्रतियोगितामा भारतले पहिलोपल्ट नेपाललाई सेमिफाइनलमै रोकेको थियो। तर, निरास भएर फर्किएको टोलीबाट सावित्रीको उत्कृष्ट प्रदर्शनले सबैको ध्यान तान्यो, जसमा उनले एकै प्रतियोगितामा १२ गोल गर्दै कीर्तिमान कायम गरेकी थिइन्। 

भुटानविरुद्ध उनले डबल ह्याट्रिक (८–०) र माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी थिइन्। यो साफमा नबनेको र अझै नतोडिएको दुई कीर्तिमान हुन्। सन् २०१९ मा विराटनगरमा भएको साफको फाइनलमा समेत उनको प्रदर्शन महत्त्वपूर्ण रह्यो, जसमा उनले चार गोल गरेकी थिइन्। तर, उपाधि जिताउन भने सकिनन्। पछिल्लो साफमा चोटका कारण उनी मैदानमा ओर्लन नसकेपनि भारतमाथि १–० को ऐतिहासिक जित हात पार्दै नेपालले फाइनल यात्रा तय गरेको थियो। तर, बंगलादेशसँग ३–१ ले पराजित भयो।

यसपल्ट सावित्रा चोटबाट फर्किएकी छन्। र, यो बीचमा उनी नेपाल र भारतमा मात्र सीमित छैनन्। फुटबल खेल्नकै लागि उनले इजरायल र फ्रान्ससम्मको उडान भरिसकेकी छन्। उच्च दर्जाको मानिने युरोपको लिगबाट खेल्नुले पनि उनको प्रदर्शनमा अझ निखार आएको देख्न सकिन्छ। युरोपको अनुभवले उनको खेलमा परिपक्वता थपेको छ भने आक्रमक शैली र द्रुत गतिमा गोल गर्ने क्षमताले विपक्षी डिफेन्डरलाई झनै चुनौती दिन थालेको छ। आइतबार भारतविरुद्धको सेमिफाइनलमा पनि यही कुरा ठ्याकै देखियो। प्रीति राईले मध्यभागबाट दिएको पासलाई सावित्रा एक्लैले पेनाल्टी बक्सनजिक पुर्‍याउँदै निर्णायक गोल गरिन्। त्यही गोलसँगै नेपाल खेलमा फर्कियो र टाइब्रेकरमा ४–२ ले जित्न सफल भयो। 

त्यसैले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने फाइनलमा पनि नेपाली समर्थकको नजर उनीमाथि नै छ। तर, प्रश्न उठ्छ ‘के सावित्रकाले साफ जिताउन सक्छिन् ? एउटै खेलाडीको भरमा यो सफलता प्राप्त गर्न सम्भव होला त?’

मैदानमा ‘वान म्यान आर्मी’ मानिने सावित्रीमाथि विश्वास गर्नैपर्ने अवस्था रहेको प्रशिक्षक राजेन्द्र तामाङको भनाइ छ। अझ जारी साफमा सात गोल गरिसकेकी स्ट्राइकर रेखा पौडेलको अनुपस्थितिमा सावित्री नै उपाधि दिलाउन सक्ने मुख्य खेलाडी हुन्। श्रीलंकासँगको पहिलो खेलमा क्षमताअनुसार प्रदर्शन गर्न नसकेपनि भारतसँग देखाएको जुझारु स्वभावले भने जो कोहीलाई उनीमाथि विश्वास गर्नैपर्ने कर लगाएको छ। 

प्रशिक्षक तामाङले पनि विश्वास व्यक्त गर्दै भन्छन्, ‘हामीसँग सावित्री, रश्मी (रश्मिकुमारी घिसिङ) सहित पर्फेक्ट ११ छ। त्यसैले हामी उपाधि जित्न सक्षम छौं।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP