रेफ्रीले गोलको निर्णय फेर्दा खेलाडीले छाडे मैदान
आइतबार, ११ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। रेफ्रीले गोलको मान्यता नदिएको भन्दै नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरूद्व खेल्न अस्वीकार गरेको छ।
खेलको ७१ मिनेटमा भारतले सुरूआती अग्रता लिएको थियोे। उक्त गोलको उत्सव मनाइरहँदा नेपाली खेलाडीले बल चलाएका थिए। तर, रेफ्रीले उक्त कुरालाई मान्यता दिएका थिए। तर, प्रीति राईले खाली पोस्टमा गोल पनि गरेका थिए। उक्त गोललाई रेफ्री ओम छेकीले मान्यता दिएपनि भारतीय अफिसियलले विरोध गरेपछि गोलले मान्यता पाएन।
पुन: बल चलाउन छेकीले निर्देशन दिएपछि नेपाली खेलाडीले मैदान छाडेका हुन्।










-1765539955299.jpeg&w=3840&q=75)

