उषाले पेनाल्टी बचाएपछि हारबाट जोगियो पुलिस
बुधबार, ०२ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर उषा नाथले पेनाल्टी बचाएसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा हार टारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको हो।
यो बराबरीसँगै पुलिसले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ। चन्द्रपुरले भने समान खेलबाट सात अंक पुर्याएको छ।
७० मिनेटमा चन्द्रपुरले पेनाल्टी पाएको थियो। तर, दिलकुमारी मगरको प्रहार उषाले ड्राइभ गर्दै बचाइन्।











-1765627825694.jpeg&w=3840&q=75)



