१० महिनापछि प्रशिक्षणमा फर्किए गाभी
शुक्रबार, २८ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। बार्सिलोनाका मिडफिल्डर गाभी पाएजले १० महिनापछि पहिलो पटक आफ्ना सहकर्मीसँग प्रशिक्षण लिएका छन्।
२० वर्षीय गाभीलाई गत नोभेम्बरमा युरो कप २०२४ छनोटका क्रममा दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। सन् २०२२ को विश्वकपमा खेलेपछि उनी स्पेनका सबैभन्दा महत्वपूर्ण खेलाडीमध्ये एक थिए।
स्पेनले उनीबिना नै युरो कप २०२४ को उपाधि जितेको थियो। तर, उनको पुनरागमनले बार्सिलोनालाई पनि ठूलो प्रोत्साहन दिनेछ।
क्लबले गाभीलाई प्रतिस्पर्धामा फर्कन चिकित्सकीय रूपमा कहिले अनुमति दिन सकिन्छ भनेर संकेत गरेको छैन।











-1765627825694.jpeg&w=3840&q=75)



