होन्डा लिएर काठमाडौं आइपुग्यो पारो
शनिबार, साउन २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। तीनवटा विश्वकप खेलिसकेका जापानी फुटबल खेलाडी केसुके होन्डासम्मिलित भुटानी क्लब पारो एफसी नेपाल आइपुगेको छ। टोली शनिबार बिहान काठमाडौं आइपुगेको हो।
एफसी च्यालेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत चर्च ब्वाइज युनाइटेडविरुद्धको खेल्न पारो नेपाल आएको हो। यी दुईबीचको खेल मंगलबार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ।








-1761130437587.jpg&w=3840&q=75)




