बार्सिलोनासँग रियल पराजित
आइतबार, २० श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। पाउ भिक्टरको दुई गोलसँगै बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ।
अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियललाई २-१ ले पराजित गरेको हो।
रोबार्ट लेवान्डोस्कीले उपलब्ध गराइदिएको पासलाई सदुपयोग गर्दै भिक्टरले ४२औं मिनेटमा बार्सिलोनालाई सुरुआती अग्रता दिलाए।५४औं मिनेटमा भिक्टरले नै टोलीको अग्रता दोब्बर बनाए। यसपल्ट उनले एलेक्स भ्यालेको पासलाई सदुपयोग गरे।
८२औं मिनेटमा निको पाजले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यो पर्याप्त बन्न सकेन।









-1778080143092.jpeg&w=3840&q=75)


%20(2)-1777978001805.jpeg&w=3840&q=75)
