बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सूर्यकुमार हुन् सक्छन् भारतीय टोलीका कप्तान

बुधबार, साउन २, २०८१खेलपाटी संवाददाता
सूर्यकुमार हुन् सक्छन् भारतीय टोलीका कप्तान
Classic Tech Internet Ad

काठमाडौं। सन् २०२४ को ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि रोहित शर्माले यस फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।

विराट कोहली र रविन्द्र जडेजाले पनि यो फर्म्याटबाट सन्न्यास लिइसकेका छन्। अब भारतीय टोली परिवर्तनतिर छ। हिटम्यान रोहितपछि हार्दिक पाण्ड्या ट्वान्टी–२० टोलीको कप्तानी सम्हाल्ने सबैभन्दा ठूलो दाबेदार हुन्। तर, आगामी श्रीलंका भ्रमणमा उनको स्थानमा सूर्यकुमारलाई ट्वान्टी–२० कप्तानको जिम्मेवारी दिइएको छ।

हार्दिकले अहिलेसम्म तीन ओडीआई र १६ ट्वान्टी–२० खेलमा भारतीय टोलीको कप्तानी गरिसकेका छन्। उनले दुई सिजन आईपीएलमा गुजरात टाइटन्स र एक सिजन मुम्बई इन्डियन्सको कप्तानीसमेत गरेका छन्।

सूर्यकुमारलाई नयाँ जिम्मेवारी दिनुमा हार्दिकको चोटको समस्या प्रमुख कारण मानिएको छ। यसअघि पनि सूर्यकुमारले भारतीय टोलीको कप्तानी गरिसकेका छन्।

अष्ट्रेलियाविरुद्धको घरेलु ट्वान्टी–२० सिरिजमा पनि सूर्यकुमारले भारतीय टोलीको नेतृत्व गरेका थिए। सूर्यकुमारले घरेलु मैदानमा मुम्बईको कप्तानीसमेत गरेका छन्।

चोटले पछिल्ला केही वर्षदेखि हार्दिकलाई सताइएको छ। गत वर्ष एकदिवसीय विश्वकपमा बंगलादेशविरुद्धको खेलमा बलिङ गर्दा उनको खुट्टामा चोट लागेको थियो।

तर, आईपीएल २०२४ मा उनले रोहितको स्थानमा मुम्बई इन्डियन्सको जिम्मेवारी सम्हालेका थिए। हार्दिक ट्वान्टी–२० विश्वकपमा फेरि टिममा फर्किएका थिए। सन् २००२ को सुरुदेखि भारतले खेलेका ७९ ट्वान्टी–२० मध्ये हार्दिकले ४६ खेल मात्र खेलेका छन्।

बुधबार छनोट समितिले आगामी श्रीलंका भ्रमणका लागि टोली घोषणा गर्न सक्नेछ। जुलाई २६ बाट सुरु हुने यो भ्रमण तीन खेलको ट्वान्टी–२० सिरिजबाट सुरु हुनेछ। ट्वान्टी–२० खेल पल्लेकेले र तीन एकदिवसीय खेल कोलम्बोमा खेलाइनेछ।

यो भ्रमण भारतीय प्रशिक्षकका रुपमा गौतम गम्भीरको पहिलो भ्रमण पनि हुनेछ। राहुल द्रविडको कार्यकाल सकिएपछि गम्भीरलाई हालै मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।

श्रीलंका भ्रमणअघि भारतीय टोली पाँच खेलको ट्वान्टी–२० सिरिज खेल्न जिम्बावे गएको थियो। जसमा शुभमन गिलको नेतृत्वमा भारत ४–१ ले विजयी भएको थियो। यो भ्रमणमा रहेका कति खेलाडीले श्रीलंका भ्रमणमा स्थान पाउँछन् त्यो भने हेर्न बाँकी छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए