• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
उपाधिले तिर्खाएका दुई टोलीको फाइनल
खेलपाटी संवाददाता
शनिबार, असार १५, २०८१ खेलपाटी संवाददाता
उपाधिले तिर्खाएका दुई टोलीको फाइनल

काठमाडौं। भारतीय टोली विगत १३ वर्षदेखि जुनसुकै फर्म्याटमा विश्व च्याम्पियन बन्ने सपना देख्दै आएको छ। यही सपना पूरा गर्ने लक्ष्यमा छ, रोहित शर्माको टोली।

यो टोलीसँग १७ वर्षपछि ट्वान्टी–२० विश्वकप जित्ने मात्रै नभई फेरि एकपटक भारतलाई विश्व च्याम्पियन बनाउने अवसर छ। भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी पछि आइसिसीको कुनैपनि उपाधि जित्न सकेको छैन। 

रोहितका लागि यो प्रतिस्पर्धा मानसिक रूपमा सहज हुनेछैन। उनको कप्तानीमा भारतले टेस्ट विश्व च्याम्पियनसिप र ​​२०२३ को एकदिवसीय विश्वकपको फाइनल खेलेको थियो। तर, भारतमा फाइनलको यो अन्तिम बाधा पार गर्न सकेन।

रोहितको टोलीले यो अन्तिम बाधा पार गर्ने अर्को मौका पाएको छ। यससँगै भारतीय टोलीले ट्वान्टी–२० विश्वकपको तेस्रो फाइनल खेल्नेछ। अन्तिम पटक भारत १० वर्षअघि २०१४ मा फाइनल पुगेको थियो, तर श्रीलंकासँग पराजित भएको थियो।

दक्षिण अफ्रिकाविरुद्धको फाइनल खेलमा भारतलाई राम्रो सुरुवातको खाँचो पर्नेछ। त्यसैले विराट कोहलीमाथि सबैको नजर रहनेछ। यो खेलमा रोहित शर्मा र कोहलीले नै ओपनिङ गर्ने छन्। हिटम्यान रोहित अहिले फर्ममा छन्।

इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलमा उनले ५७ रनको आक्रामक इनिङ्स खेलेका थिए। तर, कोहली फेरि एकपटक फ्लप साबित भएका छन्। उनले उक्त खेलमा नौ रन मात्रै बनाउन सकेका थिए। तर, कप्तान र प्रशिक्षकले इङ्ल्यान्डविरुद्धको खेलपछि कोहलीको ब्याट चल्ने र उपयोगी इनिङ्स खेल्न सक्ने विश्वास व्यक्त गरेका छन्। 

ऋषभ पन्त बलियो मध्यक्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनेछन्। उनी अहिलेको प्रतियोगितामा बलियो फर्ममा देखिन्छन्। उनले जारी प्रतियोगितामा एक सय ७१ रन बनाएका छन्। उनी यस प्रतियोगितामा भारतका लागि चौथो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

चौथो नम्बरमा सूर्यकुमार यादव मैदान उत्रनेछन्। मैदानको चारै कुनामा सट खेल्न सक्ने क्षमता भएका यी ब्याट्सम्यानले भारतको मिडल अर्डरलाई धान्नेछन्। सेमिफाइनलमा पन्तपछि सूर्यले ४७ रनको इनिङ्स खेल्दै भारतको स्कोर १५० भन्दा माथि पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उपकप्तान हार्दिक पाण्ड्या पाँचौं नम्बरमा ब्याटिङमा आउनेछन्। उनी बल र ब्याटमा भारतका लागि उपयोगी साबित भएका छन्। 

यो फाइनल प्रतियोगितामा अपराजित रहेका दुई टोलीबीचको हो। भारतले सात खेल जितेको छ, जसमध्ये एक खेल वर्षाका कारण रद्द भएको थियो। दक्षिण अफ्रिका लगातार आठ खेल जितेर फाइनलमा पुगेको छ। यो फाइनल दक्षिण अफ्रिकाका लागि पनि विशेष छ। दक्षिण अफ्रिकी टोली पहिलो पटक विश्वकपको उपाधिनजिक पुगेको छ। 

दक्षिण अफ्रिकाले सन् १९९८ को आईसीसी नकआउट प्रतियोगिता (अहिले च्याम्पियन्स ट्रफी) मात्रै जित्न सकेको छ। ट्वान्टी–२० र एकदिवसीय विश्वकपको सात वटा सेमिफाइनलमा पराजय भोगेको टोली पहिलो पटक फाइनलमा पुगेको हो।

दक्षिण अफ्रिकाको सफलताको मन्त्र पनि उसको टोलीको प्रदर्शन नै हो। स्पिनर केशव महाराज र तबरेज शम्सीले राम्रो प्रदर्शन गरेका छन्। शम्सीले अफगानिस्तान र वेस्ट इन्डिजविरुद्धको पछिल्लो दुई खेलमा तीन–तीन विकेट लिएका छन्।

क्विन्टन डी कक खतरनाक ब्याट्सम्यान हुन्। उनले इङ्ल्यान्डविरुद्ध ६५ र अमेरिकाविरुद्ध ७४ रनको इनिङ्स खेलेका थिए। कप्तान एडन मार्करामले कुनै ठूलो इनिङ्स खेलेका छैनन्।

हेनरिक क्लासेनले पनि ४६ र ३६* को दुई महत्त्वपूर्ण इनिङ्स खेल्न सफल भएका छन्। आईपीएलमा खराब प्रदर्शन गरेका एनरिके नोट्रेजे पनि फार्ममा फर्किएका छन्। उनले कागिसो रबाडासँगै राम्रो बलिङ गरिरहेका छन्। डेभिड मिलरले ट्वान्टी–२० मा भारतविरुद्ध २० खेलमा सर्वाधिक ४३१ रन बनाएका छन्।

हेड टू हेड
टी–२० क्रिकेटमा दक्षिण अफ्रिकामाथि भारतको दबदबा रहेको छ। यी दुईबीच जम्मा २६ खेल भएका छन्। जसमध्ये भारतले १४ र दक्षिण अफ्रिकाले ११ जित हात पारेको छ। योसँगै एउटा खेल अनिर्णित रह्यो। ट्वान्टी–२० विश्वकपमा पनि दक्षिण अफ्रिकामाथि भारतको दबदबा छ। दुवै टोली ६ पटक भिडेका छन् जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP