काठमाडौं। विश्व नम्बर एक टी–२० ब्याट्सम्यान सूर्यकुमार यादव घाइते भएका छन् । प्रशिक्षणको क्रममा सोमबार उनको हातमा चोट लागेको थियो।
भारतीय टोलीले बार्बाडोसको ब्रिजटाउनमा सोमबार प्रशिक्षण सत्र सुरु गरेको थियो। यही क्रममा नेटमा ब्याटिङ गर्ने क्रममा यादवको हातमा चोट लागेको हो। त्यसपछि फिजियो आएर प्राथमिक उपचार गरेका थिए ।
भारतले आफ्नो पहिलो सुपर एट खेलमा अफगानिस्तानसँग बिहीबार बार्बाडोसमा खेल्नेछ । भारतले समूह चरणका सबै खेल अमेरिकामा खेलेको थियो।
भारतले न्यूयोर्कमा तीन खेल खेलेको थियो भने शनिबार फ्लोरिडामा क्यानडासँगको अन्तिम खेल वर्षाका कारण रद्द भएको थियो। जसका कारण भारतले आफ्नो प्लेइङ ११ प्रयोग गर्ने मौका पाएन।