समाज कल्याणको जितमा रोशनको पाँच गोल

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा समाज कल्याण खेलकुद केन्द्रले सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा समाज कल्याणले झम्सिखेल युवा क्लबमाथि ६–३ गोल अन्तरले सहज जित हासिल गरोको हो।
समाज कल्याणको जितमा रोशन क्षेत्रीले ह्याट्रिकसहित पाँच गोल गरे। उनले खेलको नौ मिनेट, १९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा ३२औँ मिनेटमा ह्याट्रिक पूरा गरे। त्यसपछि ८०औँ मिनेटमा चौथो तथा ८३औँ मिनेटमा व्यक्तिगत पाँचै गोल गरे। त्यसबाहेक समाज कल्याणको लागि डिकेश लामाले २८औँ मिनेटमा एक गोल गरे।
यता, झम्सिखेलको लागि विवश लावतीले ४१औँ, आर्यन थापामगरले ७२औँ र ओम धामीले ८८औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो।
जितसँगै १३ खेलबाट १९ अंक बनाएको समाज कल्याणले छौटौं स्थानमा रहेर यस सिजनको लिगमा सुखद अन्त्य गरेको छ। समान खेलबाट १६ अंक जोडेको झम्सिखेल सातौँ रहँदै लिग अन्त्य गर्यो।








-1761464835584.webp&w=3840&q=75)

-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
