राष्ट्रिय किक बक्सिङ हुने
मंगलबार, ०८ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल किक बक्सिङ संघ काठमाडौँको आयोजनामा दोस्रो मंगलादेबी राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ।
२०८१ साल जेठ महिनाको ११ र १२ गते दुई दिनसम्म आयोजना हुने किक बक्सिङ प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ खेल काठमाडौँको घट्टे कुलोमा आयोजना हुने छ।
प्रो फाइटतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्ने तथा एमेच्योर विधातर्फ पहिलो हुनेले २५ हजार दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हासिल गर्नेले ८ हजार प्राप्त गर्ने छन्। उत्कृष्ट महिला र पुरुष खेलाडीले समेत २ हजार प्राप्त गर्ने छन्।
कार्यक्रम शुरू हुनुभन्दा १ दिन अगाडी रेफ्री सेमिनारसमेत आयोजना हुने अन्तर्राष्ट्रिय रेफ्री बिन्दा नेपालीले जानकारी गराए।






-1767442666995.png&w=3840&q=75)


-1767597180139.jpeg&w=3840&q=75)


-1767582128729.webp&w=3840&q=75)
-1767541422718.webp&w=3840&q=75)

