लिभरपुलको खेल हेर्न पुगे माउरिन्हो

काठमाडौँ। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति फुलह्याम र लिभरपुल भिडिरहेका थिए। उक्त खेलमा घरेलु टोली फुलह्यामलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा रहेको लिभरपुल म्यान्चेस्टर सिटीलाई उछिन्दै दोस्रो स्थानमा उक्लियो।
उक्त खेल हेर्न जोसे माउरिन्हो पनि क्रेभेन कुटीज पुगेका थिए। ३२औँ मिनेटमै ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्डले उत्कृष्ट फ्रिकिक गोल गर्दै लिभरपुललाई शुरूआती अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा टिमोथी कास्टग्रेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
५३औँ मिनेटमा रायन ग्रेबेनवर्चले हहार्वो इलियटको पासमा गोल गर्दे लिभरपुललाई २-१ को अग्रता दिलाए। ७२औँ मिनेटमा डियागो जोटाले कोडी गाक्योको पासमा गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए।
उक्त खेल माउरिन्होले पूरा हेरे। लन्डन बसिरहेका पोर्चुगिज प्रशिक्षक माउरिन्हो एनफिल्ड भित्रने हल्ला चलिरहेको छ। आइतबार उनी लिभरपुल र फुलह्यामबीचको खेल हेर्न जानुले कतै उनले जुर्गेन क्लोपलाई प्रतिस्थापन गर्न लागेका त होइनन्? भन्ने आशंका गर्न थालिएको छ।
क्लोप यस समरमा ९ वर्षपछि लिभरपुलबाट बिदा हुँदैछन्। अर्को समरबाट लिभरपुलको जिम्मेवारी कसले सम्हाल्ला भन्नेबारे कुनै स्पष्टता छैन।










-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
