• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दुई सर्वाधिक सफल टोलीको भिडन्त
खेलपाटी संवाददाता
आइतबार, वैशाख २, २०८१ खेलपाटी संवाददाता
दुई सर्वाधिक सफल टोलीको भिडन्त

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदा सबैको नजर महेन्द्रसिंह धोनीमाथि हुनेछ।

चेन्नईले पहिलो पटक मुम्बईमा धोनीको कप्तानीबिना नै खेल्न लागेको हो। उनी सन् २००५ को नोभेम्बरपछि पहिलो पटक खेलाडीका रूपमा खेल्नेछन्।

४२ वर्षको उमेरमा पनि धोनीले विकेटको पछाडि गजबको प्रदर्शन गरिरहेका छन्। खेलप्रतिको उनको बुझाइ अतुलनीय छ। चेन्नईलाई आशा छ कि धोनीको रणनीतिक कौशलले आउटडोर मैदानमा यस सिजनको खराब रेकर्ड सुधार गर्न मद्दत गर्नेछ।

मुम्बईविरुद्धको पछिल्ला ५ मध्ये ४ खेलमा चेन्नईले जित हासिल गरेको छ। ५ पटक आईपीएलको उपाधि जितेका प्रतियोगिताका दुई सर्वाधिक सफल टोलीका कप्तान यसपटक परिवर्तन भएका छन्।

मुम्बईले रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनाएको थियो। यता, धोनीले चेन्नईको कप्तानी ऋतुराज गायकवाडलाई दिएका छन्।

यति हुँदाहुँदै पनि यी दुई टोलीबीचको मैदानी प्रतिष्पर्धा यथावत रहने अपेक्षा गरिएको छ। रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध २०० रनको लक्ष्य पछ्याउने मुम्बईका ब्याट्सम्यानलाई रोक्न चेन्नईका बलरका लागि कठिन चुनौती हुनेछ।

खराब शुरूआतपछि पाण्ड्याले मुम्बईलाई प्रतियोगितामा पुनरागमन गराएका छन्। पछिल्ला दुई खेलमा मुम्बईको ब्याट्सम्यानको प्रदर्शन उत्कृष्ट रहेको छ।

बैंग्लोरविरुद्ध सूर्यकुमार यादवले १७ बलमा अर्धशतक प्रहार गरेका थिए। चेन्नइका बलरले चेपकको स्लो पिचमा राम्रो प्रदर्शन गरे पनि सपाट र ब्याट्सम्यानमैत्री पिचमा उनीहरूको परीक्षण हुन सकेको छैन।

यद्यपि, दीपक चाहर यस प्रतियोगितामा नयाँ बल बलरको रूपमा चिनिन्छन्। यस पटक आफ्ना ५ मध्ये ४ विकेट पावरप्लेमै लिएका छन्। वानखेडेमा उनले यही लय समात्न सक्छन्।

चाहरको वानखेडेमा पावरप्लेमा राम्रो रेकर्ड छ। उनले १० खेलमा २० को औसतमा १० विकेट लिएका छन्। मुम्बईका बलरबाहेक अन्य कुनै पनि बलरले पावरप्लेमा १० विकेट लिएका छैनन्।

चाहरको इशान किशन र रोहित शर्माविरुद्ध पनि राम्रो रेकर्ड छ। उनले रोहितलाई ३ पटक आउट गरिसकेका छन्। यस्तोमा सूर्यकुमारलाई चाँडै मैदानमा देख्न सकिन्छ। जसको एक पटक मात्र आउट भएका चाहरविरुद्ध राम्रो रेकर्ड छ।

सूर्यकुमार (५२ रन, १९ बल) ले अघिल्लो खेलमा बैंग्लोरविरुद्ध उत्कृष्ट इनिङ्स खेलेका थिए। यद्यपि, इशान किशन र रोहित शर्माको प्रारम्भिक साझेदारी मुम्बईका लागि महत्त्वपूर्ण हुनेछ।

चेन्नईले कप्तान गायकवाड, रचिन रविन्द्र, डेरिल मिचेल, शिवम दुबे, रविन्द्र जडेजा र धोनीबाट राम्रो इनिङ्सको अपेक्षा गर्नेछ।

जसप्रित बुमराह (१० विकेट)बाट पनि उनीहरू जोगिनु पर्नेछ। चेन्नईको बलिङ कमाण्ड मुस्ताफिजुर रहमान, जडेजा, शार्दुल ठाकुर र तुषार देशपान्डेको हातमा हुनेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP