काठमाडौँ। शुरूआती अग्रता जोगाउन नसक्दा टोटेनह्यामले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिने मौका गुमाएको छ।
लन्डन स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा टोटेनह्याम घरेलु टोली वेस्टह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको पाँचौँ मिनेटमै ब्रेनन जोनसनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। उनले टिमो वर्नरको पासमा गोल गरे।
तर, १९औँ मिनेटमा कर्ट जौमाले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याए। उनले जारोड बोवेनको पासमा गोल गरे।
त्यसपछि बाँकी समय थप गोल हुन सकेन।
बराबरीसँगै ३० खेलबाट ५७ अंक जोडेको टोटेनह्याम पाँचौ स्थानमा छ। ३१ खेलेर ४५ अंक जोडेर वेस्टह्याम साँतौँ स्थानमा छ।