काठमाडौं । प्याट कमिन्स इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको टिम सनराईजर्स हैदरवादका नयाँ कप्तान बनेका छन् ।
दक्षिण अफ्रिकी खेलाडी एडेन मार्करामको स्थान अष्ट्रेलियन कप्तानले लिएका हुन् ।
उनले यसअघि आईपीएलको कुनैपनि टिमको नेतृत्व गरेका थिएनन् । उनले टी ट्वान्टीको शीर्ष प्रतियोगितामा यसअघि कप्तान बनेका थिएनन् ।
अष्ट्रेलियाको कप्तानको रुपमा सफल भएपछि कमिन्सको नाम आईपीएलको टिम कप्तानमा बाहिर आएको हो । कमिन्सकै नेतृत्वमा अष्ट्रेलियाले टेष्ट च्याम्पियनसिप र एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । ती दुवै फाइनल भारतविरुद्ध जितेको थियो ।
कमिन्सले सन् २०२३ को आईपीएलबाट नाम फिर्ता लिएका थिए । अन्तराष्ट्रिय क्रिकेटमा केन्द्रित हुन भन्दै उनले नाम फिर्ता लिएका थिए । उनी सन् २०२४ को आईपीएलको अक्सनमा देखिएका थिए ।
उनी आईपीएलको अक्सनमा सर्वाधिक रकम २० करोड भारुमा बिक्री भएका थिए । लगत्तै कोलकत्ता नाईट राईडर्सले झण्डै २४ करोड भारुमा मिचेल स्टार्सलाई किनेको थियो ।
कमिन्सले सन् २०२० देखि २०२२ सम्म कोलकत्ताबाट आईपीएल खेलेका थिए ।