काठमाडौं । आयरल्याण्डको ए टिमले यस महिनाको अन्तिममा नेपाल भ्रमण गर्ने भएको छ ।
नेपालको राष्ट्रिय टिम र नेपाल एसँग टी ट्वान्टी र एक दिवसीय म्याच खेल्न आयरल्याण्डको ए टिमले नेपाल भ्रमण गर्ने भएको हो ।
नेपाल भ्रमणको क्रममा आयरल्याण्डले राष्ट्रिय टिमसँग दुई टी ट्वान्टी र नेपाल एसँग तीन टी ट्वान्टी र तीन वान डे म्याच खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आईबार बिज्ञप्तिमार्फत आयरल्याण्डको ए टिमको नेपाल भ्रमणबारे जानकारी गराएको हो ।
आयरल्याण्ड टेष्ट मान्यता प्राप्त देश हो ।
आयरल्याण्डको ए टिमलाई नेपाल बोलाएर क्यानले राष्ट्रिय टिम र ए टिमलाई 'एक्सपोजर' दिन लागेको हो ।
