काठमाडौं । हङकङमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले नेपाल एबाट उत्कृष्ट प्रर्दशन गरेका युवा खेलाडीलाई समावेश गर्दै हङकङमा हुने सिरिजको टोली घोषणा गरेको हो ।
नेपाल एबाट उत्कृष्ट प्रर्दशन गरेका रसिद खान, लोकेश बम, सन्दीप जोरालाई हङकङ सिरिजमा अवसर दिईएको छ । यसै सिरिजमा बिनोद भण्डारीले समेत राष्ट्रिय टिममा कमब्याक गरेका छन् ।
नेपाली टिममा रोहित पौडल सहित कुशल भुर्तेल, बिनोद भण्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान, करन केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा परेका छन् ।
हङकङ सिरिज मार्च ९ देखि मार्च १३ सम्म हुनेछ ।
हङकङमा नेपालले घरेलु टोलीसँग पहिलो फ्रेन्डसिप कप खेल्नेछ । त्यसपछि हङकङ र पीएनजी समावेश त्रिकोणात्मक सिरिज खेल्नेछ ।