काठमाडौं । त्रिकोणात्मक सिरिजको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका बलर चम्किएका छन् ।
करन केसी, प्रतिस जिसी र कुशल मल्ल चम्किएको खेलमा नेदरल्याण्ड्सका ६ ब्याट्सम्यान सस्तैमा आउट भएका छन् ।
नेदरल्याण्ड्सले ६० रन बनाउन महत्वपुर्ण ६ विकेट गुमाएको छ ।
नेपालका करन, प्रतिस र कुशलले समान २-२ विकेट लिएका छन् ।
करनले पहिलो ओभरमै दुई विकेट लिदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । करनले माइकल लेविट र साइब्रान्ड एनगेलब्रेक्टलाई आउट गरेका थिए ।
त्यसपछि ठुलो स्कोरतर्फ अघि बढेका मेम्स ओडाड र स्काट एडवर्ड्सलाई बोल्ड गर्दै प्रतिसले खेल नियन्त्रणमा लिएका थिए ।
त्यसपछि बलिङमा आएका अलराउण्डर कुशल मल्ले आर्यन दत्त र नुह क्रोसलाई आउट गरेपछि नेपालले नेदरल्याण्ड्सका मुख्य ब्याट्सम्यानलाई आउट गरेको हो ।
नेपाललाई सिरिजको फाइनमा स्थान बनाउन नेदरल्याण्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
प्रतियोगितामा नेपाल सहित नेदरल्याण्ड्स र नामिबिया समावेश छन् । विश्वकप लिग टू खेल्न आएका दुई टिमलाई समावेश गर्दै नेपालले टी ट्वान्टी सिरिज आयोजना गरेको होे ।
नेदरल्याण्ड्स ४ अंक सहित शीर्ष स्थानमा छ । लिग चरणका दुवै खेल नेदरल्याण्ड्सले जितेको छ । नेपाल र नामिबिया समान एक जित सहित २ अंक जोडेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
शीर्ष दुई टिमले सिरिजको फाइनल खेल्नेछन् ।