काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नामिबियालाई हराएको छ ।
शुक्रबार कीर्तिपुर मैदानमा नेपालले नामिबियालाई ३ रनले हराएको हो ।
जोहान्स जोनाथन स्मिटले ५० रन बनाएको इनिङ्समा जान फ्राइलिन्कले ३७ रनको योगदान गरे ।
जिन पियरे कोट्जेले २५ रन बनाए ।
नेपालका करन केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २ तथा अविनाश बोहोराले एक विकेट लिए ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
६४ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ्स मल्लले सम्हालेका थिए । मल्लले अविजित ५५ रन बनाए ।
आरिफ शेखले ३१ रन बनाएको इनिङ्समा ओपनर अनिल साहले २३ रन बनाए । गुलसन झाले २६ रनको योगदान गरे।
जित सहित नेपालले फाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो । नेपालले सिरिज अन्तर्गत शनिबार लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।