बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

बिषयसुचिमा १० कार्यसमिति सदस्यको आपत्ती

आइतबार, फागुन १३, २०८०खेलपाटी संवाददाता
बिषयसुचिमा १० कार्यसमिति सदस्यको आपत्ती
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न साधारण सभामा पेश गरिने बिषय सुचिमा १० जना कार्यसमितिका सदस्यहरुले असहमती जनाएका छन् । 

कार्यसमिति बैठकमा छलफल भएका तथा निर्णय नभएका विषयलाई साधारण सभामा पेश गर्न लागिएको भन्दै वरिष्ठ उपाध्यक्ष सहित १० जना कार्यसमिति सदस्यले असहमती जनाएका हुन् ।

उनीहरुले एन्फामा निवेदन दर्ता गर्दै कार्यसमिति बैठकको निर्णय भन्दा बाहिर गएर अरु विषयसुची केन्द्रिय समितिबाट पास भएको भनि पत्राचार गरिएको भन्दै महासचिवले आफुहरुको उपस्थितीको दुरुपयोग गरेको आरोप लगाएका छन् । 
गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन बैठकमा छलफल भएको तर सम्पूर्ण कैफियतको निराकरण नभएसम्म पास नगर्ने भनिएपनि प्रतिवेदनलाई सोही रुपमा पेश गरिएको कार्यसमिति सदस्यहरुको आपत्ती छ । उनीहरुले प्रतिवेदनलाई सोही रुपमा पेश गर्ने भए लेखा परिक्षकले प्रस्तुत गरेको म्यानेजमेन्ट लेटर साधारण सभाका सम्पुर्ण सदस्यलाई लेखा परिक्षण प्रतिवेदन संगै वितरण गरिनुपर्ने र लेखा परिक्षण प्रतिवेदनको सम्पुर्ण जिम्मेवारी अध्यक्ष, महासचिव र कोषाध्यक्षले लिनुपर्ने बताएका छन् ।

संघको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताव कार्यसमिति बैठकमा आर्थिक समिति गठन पश्चात सो समितिले दिएको सुझावको आधारमा कार्यसमितिमा छलफल गर्ने सहमती बनेको तर कार्यसमितिबाट पारित नभएको उल्लेख गरेका छन् । कार्यसमितिका १० सदस्यले आफ्नो उपस्थिती दुरुपयोग भएको भन्दै साधारण सभा अगावै निर्णय पुस्तिका कार्यसमितिका सदस्यहरुलाई उपलब्ध गराउन अनुरोध गर्दै एन्फामा निवेदन दर्ता गराएका हुन् ।

एन्फाको कार्यसमिति बैठक फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा बसेको थियो । आफुहरुसँग छलफलनै नगरि चालू आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गर्न खोजिएको भन्दै कार्यसमिति सदस्यले असहमती जनाएका थिए । कार्यसमितिका सदस्यहरु बैठकमा उपस्थित हुन छाडेपछि विभिन्न निर्णय कार्यसमितिबाट पारित भएको भन्दै एन्फाले प्रेस रिलिज जारी गरेको थियो । एन्फाले सार्वजनीक गरेको निर्णयमा कार्यसमिति सदस्यहरुले असहमती ब्यक्त गर्दै आफुहरुलाई सो निर्णय मान्य नहुने बताएका थिए ।

एन्फाको नियमित साधारण सभा आगामी मंगलबार बस्दैछ । बैठक अघिनै कार्यसमितिका १० सदस्यले साधारण सभामा प्रस्तुत गर्ने विषय सुचिमा असहमती जनाउँदै एन्फामा पत्र दर्ता गराउन लागेका हुन् । 

असहमती जनाउने कार्यसमिति सदस्यमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्धय दीर्घ बहादुर केसी कुमार, विराटजंग शाही र सदस्यहरु रमेश ब्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द, मनिश जोशी, रुपेश अधिकारी र पोमा डोल्मा लामा रहेका छन् ।
 

Bajaj Pulsar Motorcycle Ad
#अखिल नेपाल फुटबल संघ एन्फा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

 टप–क्लास टोली पीएसजी

टप–क्लास टोली पीएसजी