आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

क्षेत्रिय खेलकुदको बोर्ड हटाउन निर्देशन 

बुधबार, कार्तिक २२, २०८०खेलपाटी संवाददाता
क्षेत्रिय खेलकुदको बोर्ड हटाउन निर्देशन 
Classic Tech Internet Ad

पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखराको बोर्ड हटाउन प्रदेश खेलकुद परिषद गण्डकीले निर्देशन दिएको छ । परिषदले एक पत्र लेख्दै बोर्ड हटाउन र सोको जानकारी यथासिघ्र प्रदेश खेलकुद परिषदमा दिन निर्देशन दिएको हो । 

परिषदका सदस्य सचिव श्रीधर शर्माले पत्राचार गरेको पत्रमा बोर्ड हटाउन तथा कार्यालयबाट कुनै पनि काम कार्वाही नगर्न-नगराउन निर्देशन दिएका छन् । 

राष्ट्रिय खेलकुद ऐन अनुसार स्वतः विघटन हुनुपर्ने क्षेत्रिय खेलकुद विकास समितिमा कार्यरत कर्मचारीको व्यवस्थापन हुन नसक्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्षेत्रिय खेलकुद विकास समितिमार्फत नै कामकाज अघि बढाइरहेको थियो ।

राखेपको गत भदौ मा बसेको ११७ औं बोर्ड बैठकले क्षेत्रिय खेलकुद विकास समिति अन्तर्गत रहेका सबै खेलकुद पूर्वाधारहरु र कर्मचारीहरु समेत प्रदेश खेलकुद परिषदमा रहने गरि निर्णय गरेको थियो ।

सोही निर्णयलाई आधार मान्दै परिषदले तत्काल सो निर्णय कार्यान्वयन गर्न राखेपलाई अनुरोध गरेको सदस्य सचिव शर्माले बताए । 

उनले भने, 'म आफू पनि रोखपको बोर्ड सदस्य भएको नाताले पटक–पटक यो विषय कार्यान्वयन गर्न राखेप सदस्य सचिवज्यूलाई आग्रह गरे । उहाँले पनि सो निर्णय कार्यान्वयन गर्न विभागिय प्रमुखलाई निर्देशन दिनु भयो । तर विभागिय प्रमुखले निर्णय कार्यान्वयन गर्न चासो देखाएनन् ।'

शर्माले आफूले समेत पटक–पटक प्रमुखलाई यस बारे सचेत गराएको बताए ।

बोर्ड बैठकले क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु ओएनएम स्विकृति नभए सम्मका लागि प्रदेश खेलकुद विकास समिति अन्तर्गत समायोजन गर्न र खेलकुद पूर्वाधारहरुको सुरक्षा, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद परिषदले गर्ने गरि हस्तन्तरण गर्ने निर्णय गरिएको थियो । 

'निर्णय कार्यान्वयन गर्न ढिलाई भएकोले परिषदले सो निर्णयको प्रतिलिपी पठाउन राखेपलाई समेत पत्रचार गरेका छौं ।' सदस्य सचिव शर्माले भने ।

सदस्य सचिव शर्माले भने, '१९ औं एसियाली खेलकुद सकिएको १५ दिन भित्रै निर्णय कार्यान्वयन गर्न भनिएको थियो । तर कार्यान्वयन गर्न निकै आलटाल गरियो । हामी खेलकुदमा पक्कै पनि झारा टार्न आएका होइनौं । खेलकुदको विकास संगै नेपालको संघिय ऐन खेलकुदमा समेत लागु गर्नुपर्छ भन्ने उद्धेश्यका साथ आएका हौं ।” उनले थपे “ती विषय कार्यान्वय गर्न प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ समेत निर्माण गरी लागु गरिसकेका छौं । हामी त्यसमा प्रतिवद्ध छौं ।'

प्रदेश खेलकुद परिषदको कार्यकारी समितिको बैठकले पोखरा रंगशालासहित प्रदेशका सबै खेलकुद संरचनाहरुको सञ्चालन, व्यवस्थापन र संरक्षणका लागि मापदण्ड निर्माण गरि कार्यान्वयन गर्न निर्णय गरिसकेको बताउँदै सदस्य सचिव शर्माले सो अनुसार व्यवस्था मिलाउन जिल्ला खेलकुद विकास समितिलाई समेत निर्देशन गरिएको बताए । 

Bajaj Pulsar Motorcycle Ad
#क्षेत्रिय खेलकुदको बोर्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती