रजत पदक विजेता एरिका सम्मानित
२०२३ अक्टोबर १९, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । नेपाल एकायन कराँते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी कराँतेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।
संघले बिहीबार विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो।
एसियाली खेलकुदको कराँतेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो ।
सो अवसरमा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरी डंगोल र वीरकृष्ण महर्जन तथा व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उनीहरुलाई संघीय सांसद विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका सांसद् बसन्त मानन्धर र नेपाल एकायन कराँते संघका अध्यक्ष श्रीकृष्ण डंगोलले सम्मान गरे ।
#रजत पदक विजेता एरिका सम्मानित