मतदानका लागि 'बी डिभिजन'बाट ११ क्लब छनोट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बी डिभिजनबाट ११ क्लब मताधिकारका लागि छनोट भएका छन् ।
अध्यक्षको अविश्वास प्रस्तावमाथि मतदान गराउन कात्तिक २३ गते हेटौडामा बस्ने एन्फाको विशेष साधारण सभाका लागि बी डिभिजनबाट ११ क्लब छनोट भएका हुन् ।
शुक्रबार मतदानबाट छनोट भएका क्लबहरुमा सरस्वी युथ क्लब (१३), वीरगञ्ज युनाईटेड क्लब (१२), आरसीटी (११), च्यासल युथ क्लब (११), नयाँबस्ती युथ क्लब (११), बाँसबारी क्लब (११), मध्यपुर युथ एसोसियसन (११), टुसाल युथ क्लब (१०), ब्रिगेट ब्वाईज क्लब (१०), श्रीकुमारी क्लब (१०) मत सहित छनोट भएका छन् ।
यस्तै, झापा फुटबल क्लबले ३, प्लानिङ ब्वाईज युनाईटेड क्लबले २ तथा श्री भगवती क्लबले ३ मत प्राप्त गरेका थिए । प्लानिङ ब्वाईज एन्फा उपाध्यक्ष दावा लामाको क्लब हो ।
बी डिभिजनमा मताधिकार प्राप्त गरेका अधिकांश क्लब वर्तमान नेतृत्वसँग असन्तुष्ट क्लबहरु हुन् ।

एन्फाका ४९ सदस्यले अध्यक्ष पंकजबिक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि एन्फाले कात्तिक २३ गते हेटौडामा साधारण सभा बोलाएको छ ।
सभाले अध्यक्ष नेम्वाङको एन्फा बसाईको अन्तिम निर्णय गर्नेछ ।









-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





