काठमाडौं । भारत ए ले एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पाकिस्तान ए विरुद्ध पावर प्लेमा १ विकेट गुमाएको छ ।
कोलोम्बोमा ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ए ले जवाफि ब्याटिङ गरिरहेको छ । भारत ए ले १० ओभरमा १ विकेट गुमाएर ६९ रन बनाएको छ । भारतका लागि ओपनर अभिषेक शर्मा र निकिन जोय क्रिजमा रहेका छन् ।
टस हारेर पहिला ब्याटिङको गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो।
सुदर्शन २९ बलमा ४ चौकासहित २९ रनमा आउट भएका छन् । अभिषेक शर्मा २७ बलमा ३ चौका सहित ३० रनमा क्रिजमा छन् ।
पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।