वेस्ट इन्डिज फलो अन बचाउने संघारमा
आइतबार, साउन ७, २०८०खेलपाटी संवाददाता

पोर्ट अफ स्पेन । कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएको वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा भने राम्रो खेलिरहेको छ ।
शनिबार तेस्रो दिनको खेल समाप्त हुँदा वेस्ट इन्डिज फलो अन बचाउने संघारमा पुगेको छ ।
भारतले पहिले ब्याटिङ गर्दै बनाएको ४ सय ३८ को जवाफमा वेस्ट इन्डिजले पाँच विकेटमा २ सय २९ रन बनाएको छ ।
वेस्ट इन्डिज अझै २ सय ९ रनले पछाडि छ ।
उसका लागि ओपनर क्रेग ब्राथवेटले सर्वाधिक ७५ रन बनाएका छन् । उनले पाँच चौका र एक छक्का प्रहार गरे ।
एलिक एथानज ३७ र जेसन होल्डर ११ रन बनाएर खेलिररहेका छन् ।
#वेस्ट इन्डिज














