कोहलीको कोशेढुंगा शतक
शनिबार, साउन ६, २०८०खेलपाटी संवाददाता

पोर्ट अफ स्पेन । विराट कोहलीले शुक्रबार वेस्ट इन्डिजमा मौका छोपेर नै शतक बनाएका छन् ।
पोर्ट अफ स्पेनमा भएको दोस्रो टेस्ट उनको भारतका लागि ऐतिहासिक पाँच सयौं अन्तर्राष्ट्रिय खेल थियो । त्यसमै उनले कोशेढुंगा शतक बनाए ।
उनले १ सय २१ रन बनाए । त्यसमा ११ चौका प्रहार गरे । त्यसको मदतले भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ३८ रन बनायो ।
पाहुना टिमका लागि रविन्द्र जडेजाले ६१ र रविचन्द्रन आश्विनले ५६ रन बनाए ।
जवाफमा वेस्ट इन्डिजले एक विकेट गुमाएर ८६ रन बनाएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा वेस्ट इन्डिज अझै ३ सय ५२ रनले पछाडि छ ।
#कोहलीको कोशेढुंगा शतक














