सन्दीप र दीपेन्द्र भिड्दै

काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडा लिगमा नेपालका स्पिनर सन्दीप लामिछाने तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध टोलीबीचको खेल शनिबार बिहान हुदैछ ।
सन्दीप आबद्ध सरे जगुआर्स तथा दीपेन्द्रलाई अनुबन्ध गरेको मोन्ट्रियल टाईगरबीचको खेल शनिबार बिहान सवा १ मा क्यानडाको ब्रैम्प्टनमा हुनेछ ।
सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन् ।
उता, दीपेन्द्र आबद्ध टाईगर्समा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।
दुवै खेलाडीको अन्तर्राष्ट्रिय प्रदर्शन अनुसार प्लेईङ-११ मा स्थान बनाउने पक्का जस्तै रहेको छ ।
दुवै टोलीको प्रतियोगितामा पहिलो खेल हो । दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।














