पहिलो पावर प्लेमा नेपालले ५ विकेट गुमायो
सोमबार, साउन १, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध पहिले ब्याटिङ गर्ने गरिरहेको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि भारत ए ले पहिला बलिङ गरिरहेको छ ।
नेपालले पहिलो पावर प्लेको समाप्तीमा ५ विकेट गुमाईसकेको छ । नेपालले ५ विकेट गुमाउँदा ३७ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई पहिलो ओभरमा गुमाएको नेपालले छैटौं ओभरमा दोस्रो तथा आठौं ओभरमा तेस्रो विकेट गुमाएको थियो ।
चौथो विकेट नेपालले नवौं ओभरमा गुमाएको थियो । पाँचौ विकेट १० औं ओभरमा गुमाएको थियो ।
पहिलो पावर प्लेमा नेपालले ५ विकेट गुमायो














